Logo
Logo

विपद्सम्बन्धी संसदीय विशेष समितिको बैठक बस्दै


252
Shares

काठमाडौं । हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी-त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिको बैठक आज सोमबार बस्ने भएको छ ।

The current image has no alternative text. The file name is: bises.jpg

समितिको बैठक दिउँसो १ बजे सिंहदरबारस्थित पूर्वाधार विकास समितिको हलमा बस्नेछ। बैठकमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रतिनिधिसँग विपद्पछि गरिएका उद्धार, राहत, पुनर्निर्माण तथा पुनर्स्थापनाका कामको पछिल्लो प्रगतिबारे जानकारी लिइने कार्यसूची रहेको छ ।

समितिले विपद्पछिको अवस्थाबारे प्राधिकरणबाट जानकारी लिएर उद्धार तथा पुनर्निर्माणका कामको प्रगति समीक्षा गर्ने जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्