काठमाडौं । चिकित्सा शिक्षा सुधारको माग गर्दै गत विहीबारदेखि इलाममा अनशन सुरु गरेका डा. गोविन्द केसीको स्वास्थ्य जटिल बनेपछि काठमाडौं ल्याइँदै छ ।

इलाममा रहेका डा। केसीलाई हेलिकोप्टरमार्फत काठमाडौं ल्याउन लागिएको हो । सरकारले माग पूरा गर्न चासो नदिएको भन्दै डा। केसीले गत बिहीबार इलामको नारायण मन्दिरमा अनशन सुरु गरेका थिए । उनको भनाइमा यो २५ औँ सत्याग्रह हो ।
















