Logo
Logo

भारत विरोधी राष्ट्रवादको युग अन्त्य भन्नु गलत : नारायणकाजी श्रेष्ठ


0
Shares

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता नारायणकाजी श्रेष्ठले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारतको नयाँ दिल्लीमा ‘भारत विरोधी राष्ट्रवादको युग अन्त्य भएको’ भन्दै दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । 

The current image has no alternative text. The file name is: narayankaji-shrestha.jpg

काठमाडौंमा काठमाडौंमा फ्रेन्ड्स अफ सिल्क रोड क्लब नेपाल र नेपाल-चाइना फ्राइन्डसीप फोरमले आयोजना गरेको सेमिनारमा बोल्दै उहाँले यस्तो आपत्ति जनाएका हुन् । उनले सरकारको नेतृत्व गरिरहेकाहरूले कुनै दिन चीन गएर चीनसँगको सुमधुर सम्बन्ध राष्ट्रवादको एक आधार हो भन्ने युगको अन्त्य भयो भन्ने हुन् कि भन्ने डर लागिरहेको टिप्पणी  गरे । उनले नेपालले चीन र भारत दुवै छिमेकी मुलुकसँग समान र सुमधुर सम्बन्ध कायम गर्दै अघि बढ्नुपर्ने बताए । 

उनले नेपालको राष्ट्रिय सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधीनता, स्वाभिमान र राष्ट्रिय हितलाई केन्द्रमा राखेर स्वतन्त्र परराष्ट्र नीति अवलम्बन गर्नुपर्नेमा जोड दिए । उहाँले पार्टीभित्रको आन्तरिक सुशासनबिना राज्य र समाजमा सुशासन कायम गर्न नसकिने समेत उल्लेख गरे । मुलुकमा सुशासन कायम नगरी गरिबी उन्मूलन, नयाँ विकास मोडेलको कार्यान्वयन र समाजवाद निर्माण सम्भव नरहेको उहाँको दाबी छ । उनले चीन र भारत दुवैसँगको सम्बन्धमा कुनै प्रकारको हेलचेक्र्याइँ, गैरजिम्मेवारी र हीनताबोध प्रदर्शन गर्न नहुने समेत बताए । नेता श्रेष्ठले वर्तमान सरकारले नेपालको स्वतन्त्र र असल परराष्ट्र नीतिलाई निरन्तरता दिनुपर्ने भएपनि त्यस दिशामा अघि बढिरहेको नदेखिएको समेत बताए । 

उनले भने, ‘पार्टीभत्र सुशासन र राज्यको आन्तरिक सुशासन बिना समाजमा सुशासन कायम गर्न सकिन्न । सुशासन बिना गरिबी उन्मुलन गर्न सकिन्न । नयाँ मोडेलको विकास अगाडि बढाउन समेत सकिँदैन । र चिनियाँ विशेषताको आधुनिक समाजवाद निर्माण गर्न सकिन्न । त्यसकारणले गुड गभर्नेन्स विथ इन द पार्टी आवश्यक छ । त्यसो गर्न सके मात्रै हामी गुड गभर्नेन्स इन द स्टेट एन्ड सोसाइटी बनाउन सक्छौँ । यसको लागि नेपालका कम्युनिष्ट पार्टीहरुले चीनको कम्युनिष्ट पार्टीलाई बुझ्न आवश्यक छ । जनता र जनताबीचको सम्बन्धलाई मजबुत बनाउन पनि मद्दत गर्छ । यसले हामीलाई विश्वमा तनाव वा युद्ध नभई शान्ति र साझा विकासको भविष्यतिर लैजानको निम्ति समेत प्रोत्साहित गर्छ । त्यसकारण हामीले चीन र भारत दुवै छिमेकी मित्रहरूसँग असल मैत्रीपूर्ण सम्बन्ध कायम राख्नै पर्छ । यसमा हामीले कुनै पनि प्रकारको हेलचक्राईं, जिम्मेवारीपन हिनता ग्रन्थीको प्रदर्शन गर्नुहुँदैन । कुनै एउटा वा अर्को दुवै छिमेकी मित्रहरूसँग हामीले एकनासको सम्बन्ध स्थापित गर्नुपर्छ । हाम्रो राष्ट्रिय सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधीनता, स्वाभिमान र हितलाई केन्द्रबिन्दुमा राखेर हामीले परराष्ट्र नीति अवलम्बन गर्नुपर्छ । हाम्रो सबैभन्दा बढी ध्यान राष्ट्रिय सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधीनता, स्वाभिमान र हितको रक्षामा केन्द्रित हुनुपर्छ ।  अहिलेको सरकारले हाम्रो स्वतन्त्र र असल परराष्ट्र नीतिलाई निरन्तरता दिनुपर्छ । त्यसमा कुनै विवाद हुनुहुँदैन । तर सरकार त्यस दिशामा अगाडि बढेको देखिँदैन । दुःख लाग्यो, हाम्रो एकजना मन्त्री हुनुहुन्छ, संसदमै डक्ट्रिनलाई सम्मान गर्नुपर्छ भन्नुहुन्थ्यो । दिल्लीमा गएर भारत विरोधी राष्ट्रवादको युग अन्त्य भयो भन्नुभएछ । अहिलेको सरकारदेखि मलाई निकै डर लागेको छ कतै चीनमा गएर चीनसँगको सुमधुर मित्रता हाम्रो राष्ट्रिय राष्ट्रवादको एक आधार हो भन्ने युगको अन्त्य भयो भन्ने पो हुन् कि ।’

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000