Logo
Logo

प्रवासी नेपालीका समस्या र आवश्यकता बुझेर काम गर्न भण्डारीको आग्रह


0
Shares

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता विद्यादेवी भण्डारीले विश्वभरका नेपालीको समस्या र आवश्यकता बुझेर काम गर्नुपर्ने बताएकी छन् । बुधबार प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीको दोस्रो अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेता भण्डारीले यस्तो बताएकी हुन् ।

विशेषगरी वैदेशिक रोजगारीबाट प्राप्त विप्रेषणले लाखौँ परिवारको जीवनयापन र देशको अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान पु¥याएको चर्चा गर्दै भण्डारीले तर प्रवासी नेपालीको योगदानलाई विप्रेषणमा मात्र सीमित गरेर हेर्नु नमिल्ने बताइन् ।


उनले प्रवासी नेपालीहरू आफू बसेको मुलुकमा नेपालको पहिचान र प्रतिष्ठा अभिवृद्धि गर्ने जनस्तरका दूत पनि व्यवहार, काम र गतिविधिमा नेपालको इज्जत र गरिमा प्रतिबिम्बित हुनुपर्नेमा जोडन् ।

‘आफू बसेको मुलुकको कानुन, नियम र संस्कृतिको सम्मान गर्दै इमानदारी, मेहनत र व्यावसायिक दक्षताका साथ आफ्नो जिम्मेवारी पूरा गर्नु आवश्यक छ’, उनले भनिन्, ‘साथै, नेपाल र आफू बसेको मुलुकबिच आपसी समझदारी, मित्रता र सहकार्य अभिवृद्धि गर्न पनि तपाईँहरूले महत्त्वपूर्ण भूमिका खेल्न सक्नुहुन्छ
।’

यद्यपि, विदेशमा रहेका नेपाली, विशेषगरी श्रमिकहरूले अनेकौँ कठिनाइ र समस्या भोग्नुपरेको यथार्थलाई पनि बिर्सन नमिल्ने पूर्व राष्ट्रपति समेत रहेकी भण्डारीको भनाइ छ । उनले भनिन्, ‘श्रम शोषण, न्यून पारिश्रमिक, असुरक्षित कार्यस्थल, ठगी तथा सम्झौताविपरीत काममा लगाउनेजस्ता समस्या अझै विद्यमान छन् । त्यसैले वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउन आवश्यक छ ।’
 
यसका लागि रोजगारदाता मुलुकसँग प्रभावकारी श्रम सम्झौता गरी श्रमिकको उचित पारिश्रमिक, कानुनी अधिकार, स्वास्थ्य तथा दुर्घटना बीमा र सामाजिक सुरक्षाको प्रत्याभूति गरिनु पर्नेमा जोड दिँदै उनले विदेशमा अप्ठ्यारोमा परेका नेपालीलाई समयमै सहयोग, उद्धार र सुरक्षित स्वदेश फिर्तीको व्यवस्था मिलाउन राज्यले विशेष प्राथमिकता दिनु पर्ने बताइन् ।    

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000