काठमाडौं । नेपालले आज यू-१९ एशिया कपमा भारतको सामना गर्दै छ । ओमानमा हुने यो खेल नेपाली समय अनुसार १०:४५ बजेदेखि सुरु हुँदै छ ।

यस प्रतियोगिताका लागि नेपाल क्रिकेट सङ्घ (क्यान) ले विपिन प्रसाद शर्माको कप्तानीमा १५ सदस्यीय टिमलाई पठाएको छ । नेपाली टिममा निरज कुमार यादव, प्रशिद्ध जैसी, सोहेल कुँवर, दर्श सोनार, रोहित चन्द, निश्चल क्षेत्री, आशिष लुहार, रोशन शाही, सुर्यान्शु कोइराला, अभय यादव, सुशील बहादुर रावल, नितेश कुमार पटेल, सुभम खनाल र सचिन भट्ट रहेका छन् ।
यू-१९ एशिया कपमा नेपालले नोभेम्बर ८ आइतबार युएईसँग खेल्ने छ भने नोभेम्बर १० मङ्गलवार पाकिस्तानसँग खेल्ने तालिका रहेको छ ।

















