Logo
Logo

देश जोगाउने र पार्टी जोगाउनेमा फरक हुन्छ : प्रधानमन्त्री वालेन 


0
Shares

काठमाडौं । धानमन्त्री बालेन्द्र शाहले अहिले आफू र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबिच ‘लडाइँ’ चलिरहेको संकेत गरेका छन् ।  बुधबार सरकारले प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई हटाउने निर्णय गरेपछि लामिछानेले बिहीबार चितवन पुगेर त्यसको औचित्य सरकारले पुष्टी गर्नुपर्ने बताएका थिए । 

The current image has no alternative text. The file name is: rabi-balen.jpg

‘सुरक्षा निकायसँग रहेको यो जिम्मेवारी हेरफेर असाध्यै संवेदनशील विषय भएकाले सरकारले कुनै निश्चित समयमा यसको औचित्य अवश्य पनि पुष्टि गर्ला’, लामिछानेले भनेका थिए, ‘सरकारले गरेका सबै विषयमा होमा हो मिलाउँदैन पार्टीले, चेक एन्ड ब्यालेन्स गर्ने, त्यसबारे अझ बढी स्पष्ट पार्न पार्टीले फरक धारणा बनाउने, आवश्यक पर्दा निर्देशन दिने गर्छ  ।’

प्रधानमन्त्री शाहले लामिछानेप्रति लक्षित गर्दै गएराति सामाजिक सञ्जाल फेरबुकबाट जबाफ दिएका छन् ।  प्रवक्ता जगदीश खरेलसहित रास्वपाका अन्य नेताले पनि आईजीपी फेर्ने प्रधानमन्त्री शाहको निर्णय पार्टीसँगको छलफलबाट नभएको अभिव्यक्ति दिँदै आएका छन् । वालेन्द्र शाह सत्तारुढ रास्वपाका वरिष्ठ नेतासमेत हुन् । 

त्यसप्रति असन्तुष्ट प्रधानमन्त्री शाहले सामाजिक सञ्जाल फेसबुकमार्फत जबाफ दिँदै आफू नेतृत्वको सरकार यतिबेला देश जोगाउनतर्फ लागेको दाबी गरेका छन् । 

उनले अरू पार्टीमा नेता लड्दा कार्यकर्ता हाँसेर बस्ने गरेको टिप्पणी गर्दै आफ्नो पार्टीमा नेताहरुबिच लडाइँ चलिरहे पनि जनताले आश गरिरहेको तर्क पनि गरेका छन् । 

‘तपाईंहरूको कार्यकर्ता लड्छन्, नेता हाँसेर बस्छन्, हाम्रो नेता लड्छन्, मानवताले आस गर्छन्,’ प्रधानमन्त्री शाहले लेखेका छन्, ‘फरक यति हो! देश जोगाउने र पार्टी जोगाउनेमा फरक हुन्छ !’

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000