Logo
Logo

दानबहादुर कार्कीको रिट सर्वोच्चमा दर्ता, कात्तिक ३० गतेलाई तोकियो पेसी


0
Shares

काठमाडौं । निवर्तमान आइजीपी दानबहादुर कार्कीले सर्वोच्च अदालतमा पेश गरेको रिट निवेदन दर्ता भएको छ । सरकारले बुधबार कार्कीलाई प्रहरी महानिरीक्षकबाट हटाएर मनोज केसीलाई प्रहरीकोे नेतृत्व सुम्पिएको थियो । साथै ‘विशेष सुरक्षा सल्लाहकार’ पद सिर्जना गरेर प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सरुवा गरेको थियो ।

आफूलाई गैरकानूनी रूपमा हटाइएको दाबीसहित उनले हिजो (बिहीबार) वकिलहरूमार्फत सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए । तर, अध्ययन गर्नुपर्ने भन्दै बिहीबार निवेदन दर्ता हुन सकेन । उक्त रिट आज मात्रै दर्ता भएको सर्वोच्च अदालत प्रशासनले जनाएको छ ।

उनको मुद्दामा सुनुवाईका लागि कात्तिक ३० गते पेसी तोकिएको छ । कार्कीको तर्फबाट कानूनी प्रतिरक्षाकर्ता अधिवक्ता टीकाबहादुर कुँवरले ३० गते पेसी चढेको जानकारी दिए । सरकारले आइजीपीबाट हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारको जिम्मेवारी दिएपनि कार्कीले मन्त्रिपरिषद्को निर्णयको पत्र बुझेका छैनन् ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000