
काठमाडौं । गोरखाको चुमनुब्री–१ साम्दोस्थित लार्के बजार नजिकै पहिरो खस्दा रेमुनाङ खोला थुनिएको छ । घटनास्थलमा रहेका स्थानीय निमा दोर्जेले सुक्खा पहिरो खसेर रेमुनाङमा डेढ सय मिटरको ताल बनेको जानकारी दिए ।
बुढीगण्डकीको मुहान नजिक रहेको उक्त ताल फुट्न सक्ने भन्दै तटीय क्षेत्रका बासिन्दालाई सचेत रहन आग्रह गरिएको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख एसपी अनिल खड्काले पनि पहिरो खसेको सूचना पाएको जानकारी दिए । उनले भन, ‘सूचना आएको छ । अहिले नै ठुलो असर नहोला । हामी सम्पर्कमै छौँ । यद्यपी तटीय क्षेत्रमा सतर्क रहन भनेका छौं ।’


















