Logo
Logo

यु-१९ एसिया कप : नेपाल १२८ रनमै अलआउट


0
Shares

काठमाडौं । नेपाली युवा टोलीले यू-१९ एसिया कपमा भारतीय टोलीसामु जितका लागि १२९ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ ।  ओमानको ओसिए ग्राउन्ड-१ मा भारतीय युवा टोलीले टस हारेर ब्याटिङ गरेको नेपाली टोली ४२.३ ओभरमा १२८ रनमा अलआउट भएको हो । 

The current image has no alternative text. The file name is: nepal-india.jpg

नेपालका लागि दर्स सोनारले सर्वाधिक ४८ रन बनाएका हुन् । आशिस लुहारले २९ र निरज कुमार यादवले २० रन थपे। पाँचौँ विकेटका लागि आशिस र दर्सले ४३ रनको साझेदारी गरेका थिए । 

सचिन भट्टले ६ र सुर्याशु कोइरालाले ५ रन बनाए ।  भारतीय युवा टोलीका लागि इशान सृुदले तीन विकेट लिए । उनले १० ओभरमा चार मेडन राख्दै १८ रन खर्चे । 

भुटकुरी याशविर गौडले दुई विकेट लिए। उनले आठ ओभरमा २५ रन दिए । काभ्या परेस पटेल र मनाल चौहानले समान एक विकेट आफ्नो नाममा गरे ।  भारतीय युवा टोलीले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000