Logo
Logo

सुदूरपश्चिमले कर्णालीलाई दियो १७७ रनको लक्ष्य


0
Shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शुक्रबार भएको पहिलो खेलमा सुदूरपश्चिम रोएल्सले जितका लागि कर्णाली याक्सलाई १७७ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १७६ रन बनाएको हो ।

सुदूरपश्चिमका लागि ओपनर सैफ अली जैबले सर्वाधिक ३५ रन बनाए । २४ बल खेलेका उनले ४ चौका र १ छक्का प्रहार गरे । विनोद भण्डारी २२ बलमा २ चौका र २ छक्का प्रहार गर्दै २७ रन जोडे । सैफ जैब र विनोद भण्डारीले पहिलो विकेटका लागि ६८ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिएका थिए । तर आठौं ओभरमा विनोद र नवौँ ओभरमा जैबको विकेट गएपछि सुदूरपश्चिमले नियमित अन्तरमा विकेट गुमायो ।

यस्तै ब्राण्डन म्याकमुलेनले १६ बलमा २ चौका र १ छक्का प्रहार गर्दै २४ रन बनाउँदा इशान पाण्डेले १३ बलमा ३ छक्का प्रहार गर्दै २३ रन जोडे । कप्तान दीपेन्द्र सिंह ऐरी १० र आरिफ शेख ११ रनमा आउट भए । लोअर अर्डरमा थरिन्द्र रत्नायकेले आक्रमक ब्याटिङ गर्दै १२ बलमा ३ चौका र १ छक्का प्रहार गर्दै अविजित २२ रन बनाए ।

स्कट कुगेलेइनले ६ बल खेल्दै २ चौका मदतमा अविजित १३ रन बनाए । सुदूरपश्चिमले अन्तिम ५ ओभरमा ५७ रन जोडेको थियो । बलिङमा कर्णालीका लागि मार्क वाटले २ तथा नन्दन यादव, हुसेन तलत र सुर्य तामाङले १–१ विकेट लिए । अब कर्णालीले जवाफी ब्याटिङ गर्नेछ ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000