Logo
Logo

तिहारलाई झिलीमिली पार्दै सिजी एलईडी


0
Shares

काठमाडौं । नेपालीहरूको महान् चाड तिहार (दीपावली) तथा छठ पर्वको पावन अवसरमा सिजी इलेक्ट्रिकलले सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गरेको छ।

‘उज्यालो भनेकै ‘सिजी एलईडी’ भन्ने सन्देशसहित कम्पनीले यस पर्वको अवसरमा उज्यालो, खुसी र सकारात्मक ऊर्जाको महत्त्वलाई विशेष रूपमा प्रस्तुत गरेको छ। दीपावली उज्यालो र समृद्धिको प्रतीक हो भने छठ पर्व श्रद्धा, आस्था र प्रकृतिप्रतिको सम्मानसँग जोडिएको छ। यी दुवै पर्वले नेपाली समाजमा आपसी सद्भाव, एकता र खुसीको सन्देश प्रवाह गर्दै आएका छन्।

सिजी इलेक्ट्रिकलले उपभोक्ताको दैनिक जीवनलाई सहज, सुविधाजनक तथा ऊर्जामैत्री बनाउने उद्देश्यका साथ विभिन्न प्रकारका गुणस्तरीय LED लाइटिङ तथा विद्युतीय उत्पादनहरू उपलब्ध गराउँदै आएको छ। कम्पनीका LED उत्पादनहरूमा Wide Voltage Range, Long Serving Life, Wide Beam Angle तथा Energy Saving जस्ता आधुनिक विशेषताहरू रहेका छन्। घर, कार्यालय, अस्पताल, राजमार्ग, पसल तथा होटललगायत विभिन्न स्थानमा प्रयोग गर्न सकिने यी उत्पादनहरूले प्रभावकारी प्रकाश र ऊर्जा बचतमा ठूलो योगदान पुर्‍याउने विश्वास कम्पनीले लिएको छ।

तिहारमा घर सजाउने, दियो तथा बत्ती बाल्ने र आफन्तजनसँग खुसी साटासाट गर्ने परम्परालाई अझ उल्लासमय बनाउन सिजी एलईडीका प्रकाश समाधानहरू उपयुक्त विकल्प बन्न सक्छन्। लक्ष्मीपूजाको दिन घरलाई झिलिमिली बनाउनेदेखि लिएर तिहारका हरेक रमाइला पललाई उज्यालोले सजाउन सिजी एलईडीले आधुनिक प्रकाशको अनुभव प्रदान गर्ने कम्पनीले जनाएकाे छ।

यसैगरी, उपभोक्ताको भरोसालाई मध्यनजर गर्दै सिजी एलईडीका उत्पादनहरूमा २४ महिनाको वारेन्टी सुविधा उपलब्ध गराइएको छ, जसले ग्राहकहरूलाई गुणस्तरप्रतिको विश्वास र थप भरोसा प्रदान गर्ने कम्पनीको भनाइ छ।

यस पर्वको अवसरमा सिजी इलेक्ट्रिकलले उज्यालो र सकारात्मकताको सन्देश फैलाउँदै हरेक नेपालीको घर तथा जीवनमा खुसी, उमङ्ग र समृद्धिको प्रकाश छाओस् भन्ने शुभकामना व्यक्त गरेको छ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000