Logo
Logo

दैलेखमा हतियार प्रहारबाट एकै परिवारका चार महिला घाइते


0
Shares

काठमाडौं । दैलेखमा धारिलो हतियार प्रहारबाट एकै घरका चार महिला घाइते भएका छन् । ठाटीकाँध गाउँपालिका–४ धनकोटमा
करिब ३७ वर्षीय बमबहादुर रावतले धारिलो हतियार प्रहार गर्दा एकै परिवारका चार जना महिला घाइते भएका हुन् ।

घाइते हुनेमा चन्द्रबहादुर पुन मगरका श्रीमती ४५ वर्षीया बीमा मगर, उनका भाइबुहारी २५ वर्षीया महेसरा पुन, उनका छोरीहरू २३ वर्षीया तिला पुन र २० वर्षीया लक्ष्मी पुन रहेको दैलेख प्रहरीका प्रहरी निरीक्षक ऋषिकेश गौतम हरिजनले जानकारी दिए ।

उनका अनुसार घाइते मध्ये बीमाको अवस्था गम्भीर रहेको छ । घाइतेहरूलाई उद्धार गरी स्थानीय स्वास्थ्य चौकी लगिए पनि बीमालाई भने थप उपचारका लागि जिल्ला अस्पताल दैलेख लगिएको छ । अन्य घाइतेलाई पनि थप उपचारका लागि अन्यत्र लैजाने तयारी भइरहेको हरिजनले जानकारी दिए ।

प्रहरी निरीक्षक हरिजनका अनुसार आइतबार बिहान ५ बजेतिर चन्द्रबहादुरको घरमै पुगेर बमबहादुरले धारिलो हतियार प्रहार गरेका हुन् । उनले के कारणले उनीहरुलाई हतियार प्रहार गरेको भन्ने अहिलेसम्म खुलेको छैन । उनलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000