Logo
Logo

दैलेखमा बिरामी बोकेको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु


0
Shares

काठमाडौं । दैलेखमा बिरामी बोकेको जिप दुर्घटना भएको छ । आज बिहान साढे ५ बजेतिर दैलेखको गुराँस गाउँपालिका–१ काफलतोलीमा भएको दुर्घटनामा परेर ६ जना घाइते भएका हुन् । घाइतेमध्ये एक जनाको मृत्यु भएको छ ।

The current image has no alternative text. The file name is: Accident.gif

मृत्यु हुनेमा सन्नित्रिवेणि गाउँपालिका–७, कालिकोटका ४१ वर्षीय रने सार्की रहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको क्रममा मृत्यु भएको हो ।

सोमबार बिहान गुराँस गाउँपालिका–१ काफलतोलीस्थित कर्णाली राजमार्गमा कर्णाली प्रदेश ०२–००१ च १२१५ नम्बरको जिप सडकबाट करिब ३०० मिटर तल खसेर दुर्घटना भएको थियो । उक्त गाडी बिरामीलाई अक्सिजनसहित उपचारका लागि कालिकोटबाट सुर्खेततर्फ लैजाने क्रममा दुर्घटनामा परेको हो ।

दुर्घटनामा गाडी चलाक सान्नी त्रिवेणी गाउँपालिका–७ कालिकोटका २२ वर्षीय योगेश सिम्खडा गम्भीर घाइते भएका छन् । चालक सिम्खडाको शरीरका विभिन्न भागमा चोट लागेको र अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

त्यस्तै घाइते हुनेमा सोही ठाउँका १८ वर्षीय गंग सार्की, २१ वर्षीय तपेन्द्र सिम्खडा, ३६ वर्षीया जादुकाल सार्की र २७ वर्षीया कैसी सार्की छन् । कैसी बिरामी हुन् । घाइते सबैलाई उपचारका लागि सुर्खेत पठाइएको प्रहरीले जनाएको छ । 

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000