
काठमाडौं । नेपाल प्रिमियर लिगअन्तर्गत आज चितवन राइनोज र काठमान्डु गोर्खाजबीच प्रतिस्पर्धा हुँदैछ ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेलमा चितवन राइनोजले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ । चितवनले काठमान्डुलाई पहिले ब्याटिङको निम्तो दिएको छ ।
आजै सम्पन्न प्रतियोगिताको १९औं खेलमा पोखराले कर्णाली याक्सलाई ६३ रनको फराकिलो अन्तरले पराजित गरेको थियो ।


















