
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले चाडपर्वका नाममा हुने अश्लील तथा विकृत गतिविधि नियन्त्रण गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
मंगलबारसामाजिक सञ्जालमार्फत उनले मौलिक परम्परा र सांस्कृतिक मर्यादामा आँच आउने गरी देउसी–भैलो खेल्ने क्रममा हुने अमर्यादित क्रियाकलापलाई कानुनबमोजिम कडाइका साथ नियन्त्रण गरिने बताएका हुन् ।
उनले भनेका छन्, ‘चाडपर्वको नाममा हुने अश्लील तथा विकृत गतिविधिप्रति गृह मन्त्रालय पूर्ण रूपमा गम्भीर छ। हाम्रो मौलिक परम्परा र सांस्कृतिक मर्यादालाई आँच आउने गरी देउसी भैलो मनाउने क्रममा हुने अमर्यादित क्रियाकलापलाई कानुन बमोजिम निर्ममतापूर्वक नियन्त्रण गरिनेछ।’
गृहमन्त्री गुरुङले यस्ता गतिविधिप्रति गृह मन्त्रालय गम्भीर रहेको उल्लेख गर्दै त्यस्ता क्रियाकलाप देखिए तत्काल प्रहरीको १०० नम्बरमा खबर गर्न आग्रह गरेका छन् ।


















