Logo
Logo

समाज सुधारमा महागुरु फाल्गुनन्दको योगदान स्मरणीय : राष्ट्रपति


0
Shares

काठमाडौंै । राष्ट्रपति रामचन्द्र पौडेलले महागुरु फाल्गुनन्दको मार्गनिर्देशले वर्तमान समाजलाई नैतिक, सभ्य र एकताबद्ध बनाएको बताएका छन् ।

राष्ट्रपति पौडेलले आज किराँत धर्मावलम्बीका महागुरु फाल्गुनन्द जयन्तीको अवसरमा शुभकामना सन्देश जारी गर्दै सामाजिक रूढीवादीको अन्त्य गरी समाजलाई सही बाटो देखाउन फाल्गुनन्दले दिनुभएको योगदान स्मरणीय रहेको बताए ।

राष्ट्रपति पौडेलले फाल्गुनन्दको मार्गदर्शनले धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबीच सहिष्णुता र सद्भाव कायम गर्दै राष्ट्रिय एकतालाई सुदृढ एवं सबल बनाउन योगदान पुगेको बताए ।

‘किराँत धर्म र संस्कृतिको मौलिक पहिचान र संरक्षणमा महत्त्वपूर्ण योगदान पु¥याउनु हुने राष्ट्रिय विभूति फाल्गुनन्दले समाज सुधारका लागि खेलेको महत्त्वपूर्ण भूमिकाको कदर गर्दै नेपालका विभिन्न जिल्लामा विशेष कार्यक्रमको आयोजना गरी उहाँको जन्मजयन्ती मनाउने गरिन्छ’, उनले भनेका छन् ।

महागुरु फाल्गुनन्दले धार्मिक गुरु तथा सामाजिक अभियन्ताका रूपमा समाज सुधारक भई धर्म, भाषा, लिपि, परम्पराको संरक्षण र विकासमा समेत कार्य गरेको राष्ट्रपतिको सन्देशमा भनिएको छ ।
राष्ट्रपति पौडेलले फाल्गुनन्द जयन्तीले सम्पूर्णमा सहिष्णुता, सद्भाव, सुशासन, अहिंसा एवं समाज सुधारको अभियानमा सक्रिय भइरहन थप प्रेरणा मिलोस् भनी कामना गरेका छन् ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000