Logo
Logo

फाल्गुनन्दको दर्शन आत्मसात् गर्न गगन थापाको आग्रह


0
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दको जन्मजयन्तीका अवसरमा उनीप्रति श्रद्धासुमन व्यक्त गरेका छन् ।

सभापति थापाले सामाजिक सञ्जाल फेसबुकमार्फत शुभकामना सन्देश जारी गर्दै ‘सत्यधर्म मुचुल्का’ मार्फत समाज सुधार तथा किराँत धर्म र संस्कृतिको मौलिक पहिचान र संरक्षणमा महागुरु फाल्गुनन्दले पु¥याएको योगदानको स्मरण गरेका हुन् ।

उनले महागुरु फाल्गुनन्दले देखाएको सत्य, अहिंसा, समानता, सदाचार र सामाजिक सुधारको मार्गले सभ्य, न्यायपूर्ण र सद्भावपूर्ण समाज निर्माणका लागि सबैलाई प्रेरणा दिइरहोस् भन्ने कामना गरेका छन् ।

महागुरु फाल्गुनन्दका विचार, दर्शन र आदर्शलाई आत्मसात् गर्दै विविधताबीच एकता, आपसी विश्वास, सहिष्णुता र भाइचाराको भावना अझ प्रगाढ बनाउनुपर्नेमा पनि उनले जोड दिएका छन् ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000