Logo
Logo

भीमफेदीमा माइक्रो बस दुर्घटना, १० जना गम्भीर घाइते


0
Shares

काठमाडौं । काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको माइक्रोबस मकवानपुरको भीमफेदीमा दुर्घटना हुँदा १० जना गम्भीर घाइते भएका छन् । माइक्रोबस भीरमा भएकोले अन्यको खोजीकार्य भइरहेको  प्रहरीले जनाएको छ । 

The current image has no alternative text. The file name is: accident-1.jpg

मकवानपुर प्रहरीका अनुसार आज बिहान करिब पौने ६ बजे काठमाडौं-कुलेखानी-भीमफेदी सडक खण्डअन्तर्गत भीमफेदी गाउँपालिका-६ चिसापानी गढी नजिकै दुर्घटनामा परेको हो । प्रहरीका अनुसार माइक्रोबस सडकबाट करिब ५०० मिटर तल खसेको छ ।

दुर्घटनामा परी घाइते भएकाहरूको नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले उद्धार गरिरहेको छ । दुर्घटनमा परेको माइक्रोबसको नम्बर खुल्न नसकेको र माइक्रोबसमा करिब १३/१४ जना यात्रु रहेको हुन सक्ने अनुमान प्रहरीको रहेको छ । 

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000