Logo
Logo

तनहुँ प्रहरीको सर्च एण्ड स्विप अपरेसन : ३३ जना नियन्त्रणमा


0
Shares

तनहुँ ।  जिल्ला प्रहरी कार्यालय तनहुँ तथा मातहतका प्रहरी इकाईबाट खटिएको प्रहरी टोलीले जिल्लाका विभिन्न स्थानमा सञ्चालन गरेको सर्च एण्ड स्विप अपरेसनका क्रममा ३३ जनालाई नियन्त्रणमा लिएको छ ।

The current image has no alternative text. The file name is: nepal-police.gif

प्रहरीले लागुऔषध नियन्त्रण, जुवातास, अवैध मदिरा, शान्ति सुरक्षा कायम, फरार प्रतिवादी पक्राउ, चोरी नियन्त्रण तथा प्राकृतिक स्रोतसाधनको अनधिकृत प्रयोग रोकथामलगायतका उद्देश्यले विशेष अभियान सञ्चालन गरेको हो ।

अपरेसनका क्रममा नियन्त्रणमा लिइएका ३३ जनामध्ये चार जनालाई आफन्तको जिम्मा लगाई छाडिएको छ भने बाँकी २९ जनामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिए । उनका अनुसार जिल्लामा शान्ति सुरक्षा कायम गर्न विभिन्न गैरकानुनी गतिविधि नियन्त्रण गर्न प्रहरीले सर्च एण्ड स्विप अपरेसनलाई निरन्तरता दिएको छ ।

यसैबीच पोखरा–मुग्लिन सडकखण्डमा सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले सञ्चालन गरिएको चालक सचेतना कार्यक्रमलाई निरन्तरता दिइएको छ । 

आज बजेदेखि सञ्चालन गरिएको कार्यक्रममा विभिन्न सवारीसाधनका चालकलाई सडकको अवस्था, लेन अनुशासन तथा ट्राफिक नियमको पालना गर्नुपर्ने विषयमा सम्झाइबुझाइ गरिएको हो ।  कार्यक्रमअन्तर्गत ३९ वटा दुईपाङ्ग्रे, ६७ वटा चारपाङ्ग्रे साना तथा ५४ वटा ठूला सवारीसाधनका चालकलाई सचेत गराइएको छ ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000