
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा आज कर्णाली याक्सले पहिले ब्याटिङ गर्ने भएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा कर्णालीका कप्तान डेविड मिलरले टस जितेर ब्याटिङ रोजेपछि लुम्बिनी लायन्सले बलिङ गर्ने भएको हो ।
कर्णालीले आजको खेलमा कप्तान परिवर्तन गरेको छ । कर्णालीले सोमपाल कामीको स्थानमा डेविड मिलरलाई कप्तानी जिम्मेवारी दिएको छ ।


















