Logo
Logo

श्रीलङ्काका थनुका दबारे सुदूरपश्चिम रोयल्समा अनुबन्ध


0
Shares

काठमाडौं । श्रीलङ्काका ब्याटर थनुका दबारे नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्समा अनुबन्ध भएका छन् ।

टप अर्डरमा ब्याटिङ गर्ने दबारेले श्रीलङ्काका लागि घरेलु तथा विभिन्न प्रतियोगितामा आफ्नो क्षमता देखाउँदै आएका छन् । दबारेले ५० टी–२० खेलमा ९२३ रन बनाएका छन् । यस क्रममा उनले एक शतक र पाँच अर्धशतक प्रहार गरेका छन् । टी–२० मा उनको स्ट्राइक रेट १४२.६५ छ । उनले यस प्रारूपमा ४७ छक्का र ८६ चौका प्रहार गरेका छन् । बलिङतर्फ उनले ५० टी–२० खेलमा २६ विकेट लिएका छन् ।

दबारेले ६७ लिस्ट ए खेलमा १ हजार ६७८ रन बनाएका छन् । यस क्रममा उनले एक शतक र नौ अर्धशतक प्रहार गरेका छन् भने ६३ विकेट लिएका छन् । त्यस्तै, ४९ प्रथम श्रेणी खेलमा उनले २ हजार २७५ रन बनाउनुका साथै ११ विकेट लिएका छन् ।

सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्काले दबारेको आगमनले टोलीको शीर्ष क्रमको ब्याटिङलाई बलियो बनाउने विश्वास व्यक्त गरेका छन् । टोलीमा अनुबन्ध भएपछि दबारेले सुदूरपश्चिम रोयल्सबाट एनपीएल खेल्न उत्साहित रहेको बताएका छन् । 

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000