Logo
Logo

विश्व सम्मेलनमा सहभागी हुन प्रचण्ड मस्को प्रस्थान


0
Shares

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ रुसको राजधानी मस्को प्रस्थान गरेका छन् ।

The current image has no alternative text. The file name is: prachand.jpg

अखिल रुसी राजनीतिक दलको आयोजनामा नोभेम्बर १४ देखि १७ सम्म हुने ‘फर द फ्रिडम अफ नेसन्स’ विषयक विश्व सम्मेलनमा सहभागी हुन उनी आज (शुक्रवार) बिहान मस्को प्रस्थान गरेका हुन् ।

प्रचण्डसँग उनका प्रमुख स्वकीय सचिव गोविन्दप्रसाद आचार्य पनि सहभागी छन् । उक्त सम्मेलनमा विभिन्न देशका राजनीतिक व्यक्तित्व तथा प्रतिनिधिहरूको सहभागिता रहने जनाइएको छ ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000