काठमाडौं । तिहारपछि खुलेको स्थानीय बजारमा सुनचाँदीको भाउ उल्लेख्य रूपमा घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार सुनको मूल्य प्रतितोला दुई लाख ८४ हजार ३०० रुपैयाँ रहेको थियो ।

आज (शुक्रवार) सुनको मूल्य १२ हजार ६०० रुपैयाँले घटेर दुई लाख ७१ हजार ७०० रुपैयाँ कायम भएको छ । त्यस्तै, सोमबार प्रतितोला तीन हजार ८५५ रुपैयाँ रहेको चाँदीको मूल्य आज १५५ रुपैयाँले घटेर तीन हजार ७०० रुपैयाँ कायम भएको छ ।


















