Logo
Logo

रोनाल्डोको सन्यासपछिको पहिलो खेलमै पोर्चुगलको डेनमार्कसँग लज्जास्पद हार


0
Shares

काठमाडौं । युईएफए नेसन्स लिगअन्तर्गत गएराति भएको खेलमा डेनमार्कले पोर्चुगललाई ४-१ गोलले पराजित गरेको छ । पोर्चुगलको घरेलु मैदान ब्रागामा भएको खेलमा डेनमार्कले उत्कृष्ट प्रदर्शन गर्दै घरेलु टोलीको लगातार चार खेलको जित यात्रामा पूर्णविराम लगाएको हो ।

The current image has no alternative text. The file name is: portugal.jpg

डेनमार्कको जितमा रासमुस होइलुन्डले दुई गोल गरे भने पिएरे एमिल होइबियर्ग र जोआखिम एन्डरसनले एक-एक गोल गरे ।

खेलको ४३औँ मिनेटमा पेनाल्टीमार्फत होइबियर्गले गोल गर्दै डेनमार्कलाई अग्रता दिलाएका थिए। दोस्रो हाफको ५०औँ मिनेटमा होइलुन्डले अग्रता दोब्बर बनाए। उनले ५७औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै डेनमार्कलाई ३-० को स्थितिमा पुर्‍याए ।

खेलको ७५औँ मिनेटमा एन्डरसनले गोल गरेपछि डेनमार्क ४-० ले अघि बढेको थियो। इन्जुरी समयको तेस्रो मिनेटमा बर्नार्डो सिल्भाले पोर्चुगलका लागि एक गोल फर्काए पनि टोलीलाई हारबाट जोगाउन सकेनन् ।

पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास घोषणा गरेपछि टोलीले खेलेको यो पहिलो खेल थियो । खेलअघि रोनाल्डोको सम्मानमा विशेष कार्यक्रमसमेत आयोजना गरिएको थियो । तर, उनको अनुपस्थितिमा पोर्चुगलले निराशाजनक नतिजा बेहोरेको छ ।

हारका बाबजुद पोर्चुगल समूह ‘ए४’ मा १२ अङ्कसहित शीर्ष स्थानमा कायम छ । डेनमार्क ९ अङ्कसहित दोस्रो स्थानमा उक्लिएको छ ।

पोर्चुगलले यसअघि पहिलो भेटमा डेनमार्कलाई उसकै मैदानमा ४–२ गोलले पराजित गरेको थियो । समूह चरणको एक खेल बाँकी रहँदा पोर्चुगलले क्वार्टरफाइनलमा स्थानसमेत सुरक्षित गरिसकेको छ । अब पोर्चुगलले अन्तिम खेलमा वेल्सको सामना गर्नेछ भने डेनमार्कले नर्वेसँग खेल्नेछ ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000