Logo
Logo

वालेनको भ्रमणअघि जनकपुरधाम-अयोध्या रेल सञ्चालन गर्ने भारतको निर्णय 


0
Shares

काठमाडौं । भारतले नेपालको जनकपुरधाम र उत्तर प्रदेशको अयोध्या जोड्ने साप्ताहिक रेल सेवा सञ्चालन गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री वालेन्द्र शाहको आसन्न भारत भ्रमण (मंसिर ६ बाट) को पूर्वसन्ध्यामा भारतीय रेल मन्त्रालयले शनिवार यो प्रस्ताव स्वीकृत गरेको हो ।

The current image has no alternative text. The file name is: nepal-bharat.jpg

रामायण सर्किटअन्तर्गत माता सीताको जन्मस्थल जनकपुरधाम र भगवान रामको जन्मस्थल अयोध्याबीच करिब ६०४ किलोमिटर दूरीको यो रेल सेवा धार्मिक पर्यटन प्रवर्द्धन र सीमापार आवागमन सहज बनाउने अपेक्षा गरिएको छ । रेल प्रत्येक शनिवार जनकपुरधामबाट र सोमबार अयोध्या क्यान्टबाट प्रस्थान गर्नेछ । जयगनर, मधुबनी, सीतामढी, रक्सौल, नरकटियागन्ज, गोरखपुर, बस्ती, मनकापुरलगायत स्थानमा बिसौनी रहनेछन् ।

यो सेवाले तीर्थयात्री, पर्यटकका साथै शिक्षा, व्यापार र पारिवारिक प्रयोजनका यात्रुलाई फाइदा पुग्नेछ । रेलमार्ग आसपासका होटल, व्यापार र हस्तकला व्यवसायलाई पनि लाभ मिल्नेछ । नेपाल-भारत अधिकारीबीच प्राविधिक छलफलपछि स्वीकृति दिइएको हो । यसअघि जुन महिनामा पनि यसबारे द्विपक्षीय छलफल भएको थियो । नयाँ रेल सेवाले दुई देशबीचको सांस्कृतिक र ऐतिहासिक सम्बन्धलाई थप मजबुत बनाउने भारतीय पक्षको भनाइ छ । 

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000