Logo
Logo

कर्णालीसँग चितवन पराजित, एलिमिनेटर खेल्ने


0
Shares

काठमाडौं । कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राइनोजलाई २४ रनले पराजित गरेको छ । यसअघि नै प्लेअफ होडबाट बाहिरिएको कर्णालीले लिग चरणको अन्तिम खेल जित्दै प्रतियोगिता सकाएको हो । सुरुवाती दुई खेल जितेको कर्णालीले त्यसपछि लगातार चार खेल हारेको थियो ।

उता चितवनले भने यस खेलअघि नै प्लेअफमा स्थान सुरक्षित गरिसकेको थियो । ७ खेलमा ७ अंक नै जोडेको चितवन लिग चरणमा चौथो भयो । चितवनले एलिमिनेटर खेल्नेछ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा कर्णालीले दिएको १५४ रनको लक्ष्य पछ्याएको चितवनले १९.१ ओभरमा सबै विकेट गुमाएर १२९ रन मात्र बनाउन सक्यो । कर्णालीका लागि हुनेस तललले ब्याटिङमा अर्धशतक बनाए भने बलिङमा सर्वाधिक ३ विकेट लिए ।

चितवनका लागि यसै खेलबाट एनपीएलमा डेब्यु गरेका उसामा मिरले अविजित रहँदै सर्वाधिक २८ रन बनाए । उनले २३ बल खेल्दै २ चौका र १ छक्का प्रहार गरे । ओपनर कमिल मिशाराले १७ बलमा समान २ चौका र छक्का मदतमा सर्वाधिक २५ रन बनाए । देव खनालले १३ बलमा ३ चौका प्रहार गरी १४ रन जोडे ।

कमिल र देवले पहिलो विकेटका लागि ३५ रनको साझेदारी गरेका थिए । तर त्यसपछि ठूलो साझेदारी बन्न सकेन । कप्तान सिकन्दर राजा २, विवेक यादव ६ र डान मोस्ली ८ रन बनाएर आउट हा चितवनले ६४ रनमा ५ विकेट गुमाएको थियो ।

त्यसपछि कुशल मल्ल र सलाउद्दिन खानले इनिङ्स सम्हाल्ने प्रयास गरेपछि २० रनको साझेदारीपछि आउट भए । कुशल मल्लले १५ बलमा १ चौका र १ छक्का प्रहार गरी १८ रन बनाए । सलाउद्दिन खान ७ रनमा आउट भए ।

यस सिजन पहिलो खेल खेलेका अशोक धामी ११ रन बनाएर आउट भए । कमल सिंह ऐरी र रिजन ढकाल समान १ रनमा आउट भए । बलिङका कर्णालीका लागि हुसेन तलतले ३.१ ओभरमा १७ रन खर्चेर ३ विकेट लिए । मार्क वाट र पवन सर्राफले २–२ तथा सोमपाल कामीले १ विकेट लिए ।

त्यसअघि कीर्तिपुरस्थित टीयू मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको कर्णालीले हुसेनत तलतको अर्धशतक मदतमा निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १५३ रन बनाएको थियो ।

कर्णालीका लागि हुसेन तलते ३३ बल खेल्दै २ चौका र १ छक्का मदतमा अविजित ५१ रन बनाए । ओपनर अरिफुल इस्लामले आक्रमक ब्याटिङ गर्दै १५ बलमा ४ चौका र २ छक्का मदतमा ३५ रन जोडे । पवन सर्रफले २१ बलमा २ छक्का मदतमा १५ रन बनाए । गुल्सन झाले अन्तिमतिर ६ बलमा १ चौका र २ छक्का मदतमा आक्रमक १८ रन बनाए ।

यस सिजन पहिलो खेल खेल्दै ओपनिङ गरेका चसिन शर्मा खाता नखोली आउट भए । दिपक डुम्रे ७, कप्तान डेभिड मिलर ५, सोमपाल कामी ४ र मार्क वाट ६ रनमा आउट भए । नन्दन यादव २ रनमा अविजित रहे ।

बलिङमा चितवनका लागि कमल सिंह ऐरी, सलाउद्दिन खान र उसामा मिरले २–२ विकेट लिए भने कप्तान सिकन्दर राजा र रिजन ढकालले १–१ विकेट लिए ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000