Logo
Logo

एमालेले बोलायो स्थायी कमिटी बैठक


0
Shares

काठमाडौं । नेकपा एमालेले स्थायी कमिटी बैठक बोलाएको छ । भोलि (मंगलबार) दिउँसो १ बजे बस्नेगरी बैठक बोलाइएको हो । एमालेले पर्सि (मंसिर २ र ३) गते राष्ट्रिय भेला गर्दैछ । सोही भेलाको तयारीबारे छलफल गर्न स्थायी कमिटी बैठक बस्न लागेको पार्टी सचिव महेश बस्नेतले जानकारी दिए ।

एमालेका अनुसार राष्ट्रिय भेलामा ३ हजार ५१४ जना प्रतिनिधि सहभागी हुनेछन् । पार्टीको केन्द्रीय नेतृत्वदेखि पालिका तहका कमिटीका पदाधिकारी तथा पार्टीबाट निर्वाचित जनप्रतिनिधिसम्मको सहभागिता रहने भेलालाई पार्टी अध्यक्ष केपी शोली र वरिष्ठ नेता विद्या भण्डारीले उद्घाटन गर्नेछन् ।

यक्त भेलालाई एमालेले आगामी स्थानीय तह निर्वाचनको तयारी र पार्टीको वैचारिक तथा संगठनात्मक एकता सुदृढ गर्ने अवसरका रूपमा लिएको छ ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000