Logo
Logo

भाटभटेनीको टंगाल शाखा अब २४ घण्टै खुल्ने


0
Shares

काठमाडौं । भाटभटेनी सुपरस्टोरको टंगाल शाखा आजदेखि चौबिसै घण्टा सञ्चालनमा आउने भएको छ । ग्राहकलाई जुनसुकै समयमा किनमेलको सुविधा उपलब्ध गराउने उद्देश्यले आजदेखि शाखा २४ घण्टा खुला राख्न लागिएको कम्पनीले जनाएको छ ।

The current image has no alternative text. The file name is: bhatbhateni.jpg

भाटभटेनीका प्रमुख सञ्चालन अधिकृत (सीओओ) पानु पौडेलका अनुसार यसअघि भक्तपुरको राधेराधे शाखाबाट चौबिसघण्टे सेवा सुरु गरिएको थियो ।

जेनजी आन्दोलनका क्रममा आगजनीबाट पूर्णरूपमा क्षतिग्रस्त भएको टंगाल शाखा पुनर्निर्माणपछि गत असोज ५ गतेदेखि पुनः सञ्चालनमा आएको थियो । कम्पनीले अहिले देशभर २७ वटा स्टोर सञ्चालन गर्दै आएको छ ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000