Logo
Logo

आशा गरौं, राष्ट्रघात नहोस्


0
Shares

प्रधानमन्त्री बालेन साहको भारत भ्रमणको तयारी हुँदैछ । नयाँ प्रधानमन्त्री नियुक्त भएपछि पहिलो विदेश भ्रमण भारतबाटै सुरु हुने नेपालको राजनीतिक तथा कूटनीतिक परम्परा छ । त्यस हिसाबले बालेनको यो भ्रमण अस्वाभाविक होइन । र, यसबाट धेरै ठूलो उपलब्धिको अपेक्षा गर्नु जरुरी पनि छैन । यद्यपि यो औपचारिक भारत यात्राले दुई देशबीचको सम्बन्धलाई निरन्तरता दिने र नया“ सरकारको कूटनीतिक प्राथामिकता बुझ्ने अवसरचाहिँ प्राप्त हुने छ ।

बालेनको पृष्ठभूमि राजनीतिभन्दा पनि बढी ‘¥यापर’ भनेर अन्तर्राष्ट्रिय मिडियाहरुले उल्लेख गरेका कारणले पनि विश्वका अन्य राष्ट्रले उनलाई त्यही रुपमा बुझेको हुँदा उनको भारत भ्रमण राजनीतिकभन्दा पनि दुई देशबीचको सम्बन्धलाई निरन्तरता दिने कुरामा सीमित हुने देखिन्छ ।

बालेन को हुन् र उनले आफ्ना छिमेकीहरुप्रति कस्तो धारणा बनाएका छन् भन्ने कुरा छिमेकीहरुले पनि बुझ्न सकेका छैनन् । त्यसैले ¥यापर पृष्ठभूमि भएका बालेनको राजनीतिक यात्राको आरम्भ काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित भएपछि सुरु भएको हो । निकै छोटो समयमा राजनीतिको उपल्लो स्थानमा पुगेका प्रधानमन्त्री बालेन साहको राजनीतिक र कूटनीतिक क्षेत्रमा परीक्षण हुन बाँकी नै छ । अहिलेको भारत भ्रमण पनि उनका लागि एक प्रकारको परीक्षण नै हो ।

नेपालको राजनीतिमा छिमेकी चासो र सम्बन्ध अत्यन्तै महत्वपूर्ण हुन्छ । त्यसमाथि नेपालको हरेक राजनीतिक परिवर्तन र लोकतान्त्रिक आन्दोलनमा भारतको साथ र सहयोग रहँदै आएको छ । जनता जनताबीचको सम्बन्धका कारण नेपाल–भारत सम्बन्ध अन्य देशसँगको भन्दा भिन्न रहेको छ । यद्यपि, दुई देशबीच समस्या नभएको भने होइन । ती समस्याहरुको समाधानका लागि दुई देशबीच निरन्तर संवाद र कूटनीतिक पहल हुनु जरुरी छ ।

प्रधानमन्त्री बालेन साहको भारत भ्रमणमा हाम्रा समस्याका बारेमा समकक्षीसँग खुलेरै आफ्ना समस्या राख्न हिचकिचाउनुहुन्न । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संविधानसभालाई सम्बोधन गर्दा पनि नेपाल–भारतबीचको सम्बन्ध नयाँ शिराबाट सुरु गर्ने उद्घोष गरेका थिए । तर, उनको भावनालाई नेपालले कूटनीतिक रुपमा अघि बढाउन नसक्दा समस्यामाथि समस्या थोपरिँदै गएको छ ।

प्रधानमन्त्री बालेन साहको आसन्न भारत भ्रमण अगाडि अर्थमन्त्री स्वर्णिम वाग्लेले नयाँ दिल्लीमा आयोजित एउटा टेलिभिजन कार्यक्रममा भारतविरोधी राष्ट्रवादको अन्त्य गर्ने जुन कुरा बोले, त्यसले यो सरकार पनि भारतीयहरुकै कठपुतली बन्ने हो कि भन्ने चिन्ता छ । नेपाल कसैको पनि विरोधी होइन र आफ्नो देशको हितमा कुरा गर्दा त्यसलाई भारतविरोधी राष्ट्रवाद ठान्नु अल्पज्ञान हो ।

काठमाडौंको मेयर हुँदा स्वयं बालेन साहले आफ्नो कार्यकक्षमा ‘ग्रेटर नेपाल’को नक्सा राखेका थिए । यसको अर्थ उनी भारतविरोधी हुन् भन्ने पनि होइन । भारतले संसद्मा नेपालको भूभागलाई समेटिएको मुगलकालीन पुरानो नक्सा राखेपछि त्यसको जवाफमा उनले ‘ग्रेटर नेपाल’को नक्सा राखेका थिए । जुन कुराले बालेनको राष्ट्रवादी छवि उँचो भएको सामाजिक सञ्जालहरुमा टिप्पणी आएको थियो । उक्त घटनाबाट पनि बालेनको भारतप्रतिको मनोविज्ञान बुझ्न सकिन्छ ।

जे होस्, राजनीतिक विचार, संघर्ष र बालिदानीको इतिहास नबोके पनि देशका लागि केही गर्छु भन्ने हुटहुटीका कारण बालेन जेनजी विद्रोहपछि सत्तामा आएका कान्छा प्रधानमन्त्री हुन् । उनको भारत भ्रमणबाट विद्यमान समस्या समाधान हुन नसके पनि उनको यस भ्रमणमा उनीबाट राष्ट्रलाई अहित हुने कुनै काम हुनेछैन भन्ने कुरामा हामी विश्वस्त हुनैपर्छ ।

प्रधानमन्त्री साहको भारत भ्रमणबाट धेरै कुराको अपेक्षा गर्न नसके पनि कम्तीमा उनीबाट राष्ट्रघात हुन्न भन्ने कुरामा नेपाली जनता आश्वस्त हुनैपर्छ । नेपाली जनताले बालेनबाट चमत्कारको अपेक्षा गरेका छैनन । कम्तीमा देशको हितविपरीत कुनै सम्झौता हुनेछैन । राष्ट्रिय स्वार्थमा आ“च आउने गरी कुनै सहमति पनि हुनेछैन र नेपालको सार्वभौमिकतामा सम्झौता हुनेछैन भन्ने विश्वास नेपाली जनताले गर्न चाहेका छन् । प्रधानमन्त्री बालेनको यो भारत यात्राले दुई देशवीचको सम्बन्धलाई नयाँ उचाइमा पु¥याउन नसके पनि कम्तीमा नेपालीको शिर निहु¥याउने काम नगरोस् र त्यसको मूल्यमा नेपालको राष्ट्रिय हित बलि नचढोस् । आशा गरौँ, राष्ट्रघात नहोस् ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000