१, राष्ट्रिय सभाका दुई सदस्य र कोशी प्रदेश प्रमुख पद रिक्त, पदपूर्तिमा सरकार उदासीन ।
२, राष्ट्रिय भेला स्थानीय चुनावको तयारीमा केन्द्रित गर्ने एमालेको निर्णय, बैठकमा अध्यक्ष ओली र वरिष्ठ नेता विद्या भण्डारीले छुट्टाछुट्टै कार्यपत्र प्रस्तुत गर्ने ।
३, प्रधानमन्त्री बालेनको भ्रमणअघि भारतले दियो ३५० मेगावाट विद्युत् आयातको अनुमति, हिउँदयामको विद्युत् माग व्यवस्थापन गर्न दैनिक १७ घण्टासम्म बिजुली ल्याउन पाइने ।
४, विचौलिया इनम सापकोटासँगको संवाद बाहिरिएपछि बिदा बसेका न्यायाधीश हरि फुयाल फर्किए इजलासमा, सोमबारदेखि नियमित सुनुवाइ सुरु ।
५, नेकपा एमालेको केन्द्रीय कमिटी बैठक एक दिन अगाडि स¥यो, अब मंसिर ४ गते बस्ने ।
६, आन्दोलनका लागि तयार रहन कार्यकर्तालाई एमाले अध्यक्ष ओलीको निर्देशन, परिस्थिति असह्य भए लामो तयारीबिनै आन्दोलन सुरु हुन सक्ने चेतावनी ।
७, कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बोलाउने तयारी, १५औँ महाधिवेशनपछि बस्न लागेको पहिलो बैठकमा अधिवेशनको मिति र अन्य एजेण्डाबारे छलफल हुने ।
८, नेपाली कांग्रेस इतर पक्षले मंसिर ५ गतेदेखि प्रदेश अधिवेशन गर्ने, सातै प्रदेश अधिवेशनको उद्घाटन पूर्वसभापति शेरबहादुर देउवाले गर्ने ।
९, आईजीपीबाट हटाइएका दानबहादुर कार्कीको रिटमा बुधबार सुनुवाइ हुने, अन्तरिम आदेशमार्फत आफूलाई नै आईजीपीका रूपमा काम गर्न दिन माग ।
१०, २८ वर्षपछि कार्यान्वयनमा आयो ‘पशु वधशाला र मासु जाँच ऐन’, नयाँ व्यवस्थाअनुसार अब छाप लगाएको मासु मात्रै खान योग्य हुने ।
११, जनकपुरबाट काठमाडौं आउँदै गरेको हाइस सिन्धुलीमा दुर्घटना, १४ जना घाइते, घाइतेमध्ये ७ जनालाई सेनाको हेलिकोप्टरमार्फत काठमाडौं ल्याइयो ।
१२, ८४ दिन बित्दापनि बाढीपीडितको व्यवस्थापनमा सरकारको बेवास्ता, सरकारी जमिनमा त्रिपाल टाँगेर बस्न थाले नुवाकोटका विस्थापित ।
१३, मोडिफाई गरेर चलाइएका ४०१ दुइपाङ्ग्रे सवारी ट्राफिक कारबाहीमा, पुरानै स्वरूपमा फर्काएपछि मात्र धनीलाई जिम्मा लगाइने ।
१४, नेपाल–चीन जोड्ने तातोपानी नाका पूर्ण रुपमा नखुल्दा व्यवसायी निराश, कुटनीतिक पहल गर्न सरकारसँग माग ।
१५, वैदेशिक लगानी प्रतिबद्धतामा भारी गिरावट, चालु आर्थिक वर्षको चार महिनामा साढे १९ अर्बमात्रै लगानी स्वीकृत ।
१६, मानव बेचबिखन विधेयक थप परिमार्जन गरेर पीडितमैत्री बनाउन सांसदहरूको माग, महिलाको आत्मसम्मान र संवेदनशीलतामा गम्भीर असर पार्ने भन्दै ‘वेश्यागमन’ शब्द हटाउन सुझाव ।
१७, पत्रकार महासंघले ग¥यो आन्दोलनका कार्यक्रम घोषणा, मंसिर ९ गते देशव्यापी प्रदर्शन गर्ने ।
१८, जेनजी आन्दोलनका घाइतेको उपचार सरकारको पूर्ण जिम्मेवारीमा, खर्चको अभाव हुन नदिने स्वास्थ्यमन्त्री निशा मेहताको प्रतिवद्धता ।
१९, भारतीय क्रिकेटका पूर्वकप्तान महेन्द्रसिंह धोनीले आइपीएलबाट लिए सन्यास, अब चेन्नई सुपर किंसको मेन्टर बन्ने ।
२०, र, जेन्सेन हुआङलाई सीईओमा फर्काउन एनभिडिया अनिच्छुक, पुनर्बहालीको माग गर्दै १ लाख ७५ हजारभन्दा बढीले गरे खुलापत्रमा हस्ताक्षर ।


















