Logo
Logo

आजका मुख्य खबरः बालेनको भारत भ्रमणदेखि सुमनाको मेयरमा उम्मेदवारी घोषणासम्म (भिडियोसहित)


0
Shares

काठमाडौं । आज दिनभर देश तथा विदेशमा विभिन्न महत्त्वपूर्ण घटनाक्रम भएका छन् । प्रधानमन्त्री बालेन शाहको भारत भ्रमण, राजनीतिक गतिविधि, अदालतका निर्णय, विकास निर्माण, आर्थिक गतिविधि र अन्य समसामयिक विषयले चर्चा पाए । त्यस्तै, केही महत्त्वपूर्ण अन्तर्राष्ट्रिय घटनाक्रम पनि भएका छन् । आउनुहोस्, आज दिनभरका २० प्रमुख समाचार हेरौँ ।

१. प्रधानमन्त्री बालेन शाहको आसन्न भारत भ्रमणको तालिका अझै टुङ्गिएन,  भ्रमणबारे नेपाल र भारतका अधिकारीहरूबिच छलफल भइरहेका परराष्ट्र मन्त्रालयद्वारा जानकारी ।

२. तातोपानी नाका खुलाउन खुलाउन परराष्ट्र मन्त्री जोड, सम्बन्धित निकायसँग समन्वय गरेर आवश्यक काम अघि बढाउने चिनियाँ अध्यक्ष याङ्गको प्रतिबद्धता ।

३. चीनको सिचुवान प्रान्तसँग पाँच क्षेत्रमा सहकार्य विस्तार गर्ने रास्वपाको प्रस्ताव विपद् व्यवस्थापनदेखि पूर्वाधार, ऊर्जा, पर्यटन र एआईसम्मका विषय प्राथमिकतामा ।

४. द्रुतमार्ग निर्माणमा ढिलाइ गर्ने निर्माण कम्पनीको ठेक्का रद्द गरिने मन्त्री सुनिल लम्सालको भनाइ, थप समय र सुविधा दिएर आयोजना लम्ब्याउने पक्षमा पनि नरहेको जिकिर ।

५. आफ्नो पार्टीले पुनः सरकारको नेतृत्व गर्ने केपी ओलीको दाबी, रोकिएका विकास निर्माणका कामलाई फेरि अगाडि बढाउने घोषणा ।

 ६. सर्वोच्चद्वारा निवर्तमान आइजिपी दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्धको रिटमा कारण देखाऊ आदेश जारी, अन्तरिम आदेशबारे छलफल गर्न दुवै पक्षलाई ७ गते बोलाइयो ।

७. काठमाण्डौको मेयरमा उम्मेदवारी दिने पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठको घोषणा, जीवनभरको ज्ञान, सीप र अनुभव महानगरको समृद्धि र रूपान्तरणमा समर्पित गर्ने प्रतिबद्धता ।

८. रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावितका लागि सहयोग जुट्ने क्रम जारी, अहिले सम्म प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम साढे १८ अर्ब पुग्यो ।

९. कांग्रेसको आधिकारिकतासम्बन्धी विवाद अदालतमा रहेकै बेला देउवा समूह छुट्टै १५औँ महाधिवेशन गर्ने तयारीमा, ५ मंसिरदेखि सातै प्रदेशमा अधिवेशन र २१ मंसिरदेखि केन्द्रीय महाधिवेशन गर्ने तयारी ।

१०. लुम्बिनी विकास कोषकी नवनियुक्त उपाध्यक्ष आनी छोइङ डोल्मा र सदस्य सचिवद्वारा पदभार ग्रहण, नियुक्तिको केही सातापछि दुवै पदाधिकारीले सम्हाले औपचारिक जिम्मेवारी ।

११. राष्ट्र बैंकद्वारा एक वर्षमा ७ खर्ब ६५ अर्बका अयोग्य नोट नष्ट, नयाँ नोटको मौज्दात पनि ३७ अर्बभन्दा बढीले वृद्धि ।

१२. ईनम सापकोटा प्रकरणमा अप्रमाणित समाचार सार्वजनिक नगर्न प्रहरीको आग्रह, अनुसन्धान अधिकारीको हवाला दिँदै मोबाइल लोकेसनलगायतका असम्बन्धित विषय प्रकाशन गरिएको भन्दै आपत्ति

१३. वीरगञ्जको नेशनल मेडिकल कलेजमा १८ दिने शिशुको मृत्युपछि तनाव, चिकित्सकको लापरबाही भएको आरोप लगाउँदै आफन्तद्वारा प्रदर्शन ।

१४. धरानमा रहेको बराह बचत तथा ऋण सहकारी संस्था सञ्चालन गर्ने बराह ग्रुपका अध्यक्ष शिव लामिछाने पक्राउ, करिब ११ अर्ब रकम अपचलन गरेको आरोप ।

१५. सबै इन्टरनेट सेवा प्रदायकलाई टीएससी दाखिलाको विवरण र आवश्यक कागजात १० दिनभित्र बुझाउन नेपाल दूरसञ्चार प्राधिकरणको निर्देशन, आम्दानी र राजस्व भुक्तानीको विवरणसमेत माग ।

१६. त्रिभुवन विमानस्थलबाट १ किलो बढी सुनसहित चिनियाँ नागरिक पक्राउ, आवश्यक अनुसन्धान तथा कारबाहीका लागि भन्सार कार्यालयमा बुझाउने तयारी ।

१७. नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन काठमाडौं–तराई द्रुतमार्गको महादेवटार सुरुङ छिचोलियो, महादेवटार सुरुङको ब्रेक थ्रुसँगै द्रुतमार्ग निर्माणले गति लिने विश्वास ।

१८. राष्ट्र बैंकको खुद नाफा एकै वर्षमा दोब्बरले वृद्धि, आर्थिक वर्ष २०८२÷८३ मा ४ खर्ब १० अर्ब रुपैयाँ आर्जन, सञ्चालन नाफाबाट सरकारलाई ४२ अर्ब रुपैयाँ हस्तान्तरण ।

१९. काठमाडौँलाई चौबीसै घण्टा खुला राख्ने तयारी, सुरक्षित र व्यवस्थित वातावरण बनाउन सुरक्षा, यातायात, स्वास्थ्य, विद्युत्, इन्टरनेट र सिसिटिभीसहितका पूर्वाधार व्यवस्थापन गरिँदै ।

२०. र, ट्रम्पलाई स्वागत गर्न सी जिनपिङ आफैँ विमानस्थल पुगे, भ्रमणमा आएका अमेरिकी राष्ट्रपतिलाई विमानस्थलमै स्वागत गरेको पहिलो पटक भएको लेखमा उल्लेख ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000