कठमाडौं । चितवन राइनोजका ओपनर कमिल मिसराले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनको इलिमिनेटरमा काठमाण्डू गोर्खाजविरुद्ध शतक प्रहार गरेका छन् ।

बुधबार कीर्तिपुरपस्थित त्रिवि क्रिकेट रंगशालामा टस जितेर ब्याटिङ राजेको चितवनका ओपनर कमिलले काठमाण्डूविरुद्ध ५३ बलमा १०० रन पूरा गरेका हुन् ।
एनपीएलमा उनको यो पहिलो शतक हो । योसँगै उनी जारी सिजन शतक प्रहार गर्ने दोस्रो ब्याटर बनेका छन् । यसअघि पोखरा एभेन्जर्सका ओपनर युवराज सम्राले कर्णाली याक्सविरुद्ध १०२ रनको शतकीय पारी खेल्दै पहिलो शतक प्रहार गरेका थिए ।
कमिलले १०० रन पूरा गर्नेक्रममा ५३ बलमा चार चौका र आठ छक्का प्रहार गरे । शतकका लागि उनले रवि बोपारासँग १३३ रनको शतकीय साझेदारी गरे । जारी खेलको उनको शतकमा चितवनले १७.४ ओभरको समाप्तीमा दुई विकेट गुमाएर १६५ रन बनाएको छ ।


















