Logo
Logo

मलेसिया श्रमिक ठगी प्रकरणमा दुई पूर्वमन्त्रीसहित ६ जना पक्राउ


0
Shares

काठमाडौँ । वैदेशिक रोजगारीका नाममा श्रमिकहरूलाई सङ्गठित रूपमा ठगी गरेको तथा १ अर्ब ६९ करोड रुपैयाँभन्दा बढी विदेशी मुद्रा अपचलन गरेको आरोपमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले दुई पूर्व श्रममन्त्रीसहित ६ जना उच्चपदस्थ अधिकारीलाई पक्राउ गरेको छ।

ब्युरोले आज एक विज्ञप्ति जारी गर्दै तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीद्वय शेरबहादुर कुँवर र रामेश्वर राय यादवलाई पक्राउ गरिएको जानकारी दिएको छ।

यस्तै, पक्राउ पर्ने अन्यमा मन्त्रालयका तत्कालीन सचिव विनोद केसी, तत्कालीन सहसचिवद्वय उमेश ढुङ्गाना र राजीव पोखरेल तथा तत्कालीन उपसचिव निर्मला गुरुङ रहेका छन्।

नेपाल र मलेसिया सरकारबीच भएको समझदारी (एमओयू) विपरीत श्रमिकहरूबाट गैरकानूनी रूपमा असुल गरिएको ८३ लाख ७० हजार ४३९.९२ अमेरिकी डलर र ३७ लाख १५ हजार ९८०.८० बेलायती पाउण्ड (कुल १ अर्ब ६९ करोड २ लाख २४ हजार २६ रुपैयाँ) मलेसिया पठाउने निर्णय गरी देशको अर्थतन्त्रमा नोक्सानी पुर्‍याएको आरोप उनीहरूमाथि छ।

काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएर काठमाडौँ, ललितपुर र सर्लाहीका विभिन्न स्थानबाट उनीहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको सीआईबीका प्रवक्ता एसएसपी अनुपम शमशेर ज.ब.रा. ले जानकारी दिएका छन्।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000