काठमाडौं । मकवानपुरको भीमफेदीमा फेरि अर्को सुमो दुर्घटना भएको छ । दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । बिहीबार बिहान ८ः३० बजे हेटौँडाबाट काठमाडौं आउँदै गरेको ना १ ज २१४३ नम्बरको सुमो त्रिभुवन राजपथबाट राप्ती खोलामा खसेको हो ।

सुमोमा चालकसहित १० जना सवार रहेका र ७ जना घाइते भएका प्रहरीले जनाएको छ । दुर्घटनामा ३ जनाको मृत्यु भएको प्रारम्भिक विवरण प्राप्त भएको प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले जानकारी दिए ।
घाइते तथा मृतकलाई उद्धार गरी हेटौँडा अस्पताल ल्याइएको छ । गएको कात्तिक २६ गते मकवानपुरको भीमफेदी गाउँपालिका-६ चिसापानीगढीमा ईभी गाडी दुर्घटनामा एकै परिवारका ६ जनासहित १४ जनाको मृत्यु भएको भएको ।


















