काठमाडौं । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो सिजनको क्वालिफायर्स–२ मा सुदूरपश्चिम रोयल्सविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ ।

बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा चितवनका कप्तान रवि बोपाराले टस जितेर सुदूरपश्चिमलाई फिल्डिङको निम्तो दिए । खेलमा दुवै टोली जित निकाल्दै फाइनल प्रवेश गर्ने लक्ष्यमा छन् ।
चितवनले बुधबार (मंसिर २) इलिमिनेटरमा काठमाण्डू गोर्खाजलाई ६१ रनले पराजित गर्दै क्वालिफायर्स–२ मा स्थान बनाएको थियो ।
यता, सुदूरपश्चिमले भने क्वालिफायर्स–१ मा लुम्बिनी लायन्ससँग ६ विकेटको हार व्यहोरेको थियो । हारपछि क्वालिफायर्स–२ खेल्ने तय भएको थियो ।
यी दुईबीचको खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा साँझ ५ बजे हुनेछ ।


















