काठमाडौं । सङ्घीय संसद्को प्रतिनिधिसभाअन्तर्गतको महिला तथा सामाजिक मामिला समिति र राष्ट्रिय सभाअन्तर्गतको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दै छ ।

आज प्रतिनिधिसभाअन्तर्गतको महिला तथा सामाजिक मामिला समितिको २१औँ बैठक शुक्रवार बिहान १० बजे सिंहदरबारस्थित समितिको सभाकक्षमा बस्ने भएको छ ।
बैठकमा मानव बेचबिखन तथा ओसारपसार ९नियन्त्रण० पहिलो संशोधन विधेयक, २०८३ का दफामाथि संशोधनकर्ता सदस्यसहित दफावार छलफल हुने कार्यसूची रहेको छ ।
त्यस्तै, राष्ट्रिय सभाअन्तर्गतको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको ३५२औँ बैठक पनि आज दिउँसो १२:१५ बजे सिंहदरबारमा बस्नेछ । उक्त बैठकमा समितिको स्थलगत अनुगमनको समीक्षा गर्ने कार्यसूची रहेको समितिले जानकारी दिएको छ ।


















