Logo
Logo

स्थानीय तहको निर्वाचनबारे छलफलमा शीर्ष नेता, ओली छलफलमै नबसी बाहिरिए


0
Shares

काठमाडौं । स्थानीय तहको निर्वाचन तयारीबारे छलफल गर्न शीर्ष नेताहरू निर्वाचन आयोग पुगेका छन् । आयोगले राष्ट्रिय मान्यताप्राप्त दलका प्रमुख सभापति र अध्यक्षहरूसँग छलफल गर्न लागेसँगै नेताहरू त्यहाँ पुगेका हुन् ।

The current image has no alternative text. The file name is: oli.jpg

छलफलमा सहभागी हुन रास्वपा सभापति रवि लामिछाने, एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति गगन थापा, नेकपाका संयोजक पुष्पकमल दाहाल पुगेका हुन् । 

एमाले अध्यक्ष ओली भने छलफलबाट बाहिरिएका छन् । ओली निर्वाचन आयोग पुगेर केहीबेरमा बाहिरिएका हुन् । ओलीले आउँदै आएन भन्ने नपरोस् भनेर आफू उपस्थित भएको बताएका छन् । 

शीर्ष नेताहरू छलफलमा बस्दा तपाईँ किन बस्नु भएन भन्ने पत्रकारको प्रश्नमा ओलीले जवाफ दिए, ‘हाम्रो पनि त्यही लेभलको नेता हुनुहुन्छ ।’ छलफलमा एमाले पार्टीको निर्वाचन विभाग प्रमुख देवेन्द्र दाहाल सहभागी छन् ।

रास्वपाका सभापति रवि लामिछाने, कांग्रेस सभापति गगन थापा, नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डलगायत शीर्ष नेताहरू छलफलमा बसिरहेका छन् ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000