Logo
Logo

एमसीसीको न्यू बुटवल-न्यू दमौली ४०० केभी प्रसारणलाइन निर्माण सुरु


0
Shares

काठमाडौं । एमसीए–नेपालले न्यू बुटवल सबस्टेसनदेखि न्यू दमौली सबस्टेसनसम्मको ४०० केभी क्षमताको दोहोरो सर्किटयुक्त प्रसारणलाइन निर्माण सुरु गरेको छ । एमसीए–नेपालले तनहुँ र पाल्पा जिल्लाबाट यस प्रसारणलाइनको निर्माण कार्य प्रारम्भ गरेको हो ।

९० किलोमिटर लामो यो प्रसारणलाइन खण्डमा २५० वटा प्रसारण टावर निर्माण गरिनेछन् । उक्त खण्ड तनहुँ, पाल्पा, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) र नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) गरी चार जिल्लामा फैलिएको छ ।

यो प्रसारणलाइन एमसीसी नेपाल कम्प्याक्टअन्तर्गतको विद्युत् प्रसारण आयोजनाले निर्माण गरिरहेको कुल ३१५ किलोमिटर लामो प्रसारण सञ्जालको एक खण्ड हो । यस आयोजनामार्फत नेपालको विद्युत् प्रसारण पूर्वाधार विस्तार गर्ने लक्ष्य राखिएको छ ।

प्रसारण सञ्जाल विस्तार भएपछि थप विद्युत् उत्पादनलाई राष्ट्रिय प्रसारण ग्रिडमा जोड्न सहज हुने एमसीए–नेपालले जनाएको छ ।

यसले नेपालको ऊर्जा सुरक्षा सुदृढीकरणमा समेत योगदान पुर्‍याउने अपेक्षा छ ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000