काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको औपचारिक भारत भ्रमणमा ३५ सदस्यीय प्रतिनिधिमण्डल सहभागी हुने भएको छ । प्रधानमन्त्री शाहको नेतृत्वमा भारत जाने टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार, राजनीतिक सल्लाहकारसहित उच्चपदस्थ सरकारी अधिकारी, सुरक्षाकर्मी तथा सञ्चारकर्मी सहभागी हुनेछन् ।

भ्रमण टोलीमा प्रधानमन्त्री शाहसहित दुई मन्त्री, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अधिकारी, परराष्ट्र मन्त्रालयका उच्चपदस्थ कर्मचारी, सुरक्षा अधिकारी र सञ्चारमाध्यमका प्रतिनिधि रहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
भ्रमण टोलीमा अर्थमन्त्री डा। स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार व्यञ्जनकार, राजनीतिक सल्लाहकार असिम शाह र सूचना तथा सञ्चार प्रविधि सल्लाहकार विवेक मिश्र रहेका छन् ।
त्यस्तै, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका मुख्यसचिव गोविन्दबहादुर कार्की, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रुद्रसिंह तामाङ, प्रधानमन्त्रीका प्रमुख निजी सचिव सुभाष शर्मा र लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत याङ्की उक्याब पनि भ्रमण टोलीमा छन् ।
भ्रमण टोलीमा परराष्ट्रमन्त्रीका प्रेस सल्लाहकार जगदीश्वर पाण्डे, प्रधानमन्त्रीका निजी सचिव प्रदीप परियार, परराष्ट्र मन्त्रालयको दक्षिण एसिया महाशाखाका सहसचिव गहेन्द्रराज भण्डारी, शिष्टाचार महापाल कुमारराज खरेल र परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्री रहेका छन् ।
त्यसैगरी, अर्थ मन्त्रालयका सहसचिव अमृत लम्साल, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत सूचना प्रविधि तथा डिजिटल सुशासन कार्यालयका सहसचिव सुभाष ढकाल, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव सुनील पौडेल र प्रधानमन्त्रीका सञ्चार व्यवस्थापन तथा अनुसन्धान संयोजक दीपा दाहाल पनि भ्रमण टोलीमा सहभागी हुनेछन् ।
टोलीमा परराष्ट्र मन्त्रालयका उपसचिव ललिता सिलवाल र विजय राज तण्डुकार, परराष्ट्रमन्त्रीका प्रमुख निजी सचिव लोचन पौडेल, शिष्टाचार अधिकृत दीपकराज निरौला र दक्षिण एसिया महाशाखाका शाखा अधिकृत मनोज गैरे रहेका छन् ।
सुरक्षा तथा सैनिक टोलीतर्फ प्रधानमन्त्रीका प्रमुख सैनिक सहयोगी उपरथी बालमुकुन्द बिष्ट, सुरक्षा अधिकृत प्रमुख सेनानी सुशील बानियाँ, प्रहरी नायब उपरीक्षक दीपेश बस्याल र प्रधानमन्त्रीका सैनिक सहयोगी प्रमुख सेनानी रोशन केसी सहभागी हुनेछन् ।
यसैगरी, प्रधानमन्त्रीका निजी उपसचिव ९सञ्चार० विनय शाक्य, गोरखापत्रका संवाददाता तारा हमाल ढुङ्गाना, राष्ट्रिय समाचार समितिका संवाददाता कमल कुमार बस्नेत र नेपाल टेलिभिजनका भिडियोग्राफर अशोककुमार बस्नेत पनि भ्रमण टोलीमा रहनेछन् ।
भ्रमण टोलीमा परराष्ट्र मन्त्रालयका उपशिष्टाचार प्रमुख प्रेमराज गौतम र नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक मुकेश डंगोलसमेत रहेका छन् ।
दुईदिने भारत भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मु र प्रधानमन्त्री नरेन्द्र मोदीसँग औपचारिक भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । भ्रमण पुरा गरी प्रधानमन्त्री शाह सोमबार साँझ फर्किने तालिका छन् ।
३५ जनाको सरकारी सूची
१. बालेन्द्र शाह – प्रधानमन्त्री
२. डा. स्वर्णिम वाग्ले – अर्थमन्त्री
३. शिशिर खनाल – परराष्ट्रमन्त्री
४. कुमार व्यञ्जनकार – प्रधानमन्त्रीका प्रमुख सल्लाहकार
५. असिम शाह – प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार
६. विवेक मिश्र – प्रधानमन्त्रीका सूचना तथा सञ्चार प्रविधि सल्लाहकार
७. गोविन्दबहादुर कार्की – मुख्यसचिव
८. अमृतबहादुर राई – परराष्ट्र सचिव
९. रुद्रसिंह तामाङ – उद्योग, वाणिज्य तथा आपूर्ति सचिव
१०. सुभाष शर्मा – प्रधानमन्त्रीका प्रमुख निजी सचिव
११. याङ्की उक्याब – प्रमुख कार्यकारी अधिकृत, लगानी बोर्ड नेपाल
१२. जगदीश्वर पाण्डे – परराष्ट्रमन्त्रीका प्रेस सल्लाहकार
१३. प्रदीप परियार – प्रधानमन्त्रीका निजी सचिव
१४. गहेन्द्रराज भण्डारी – सहसचिव, दक्षिण एसिया महाशाखा
१५. कुमारराज खरेल – प्रमुख शिष्टाचार महापाल
१६. लोकबहादुर पौडेल क्षेत्री – परराष्ट्र मन्त्रालयका प्रवक्ता
१७. अमृत लम्साल – सहसचिव, अर्थ मन्त्रालय
१८. सुभाष ढकाल – सहसचिव, सूचना प्रविधि तथा डिजिटल गभर्नेन्स कार्यालय
१९. सुनील पौडेल – सहसचिव, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय
२०. दीपा दाहाल – प्रधानमन्त्रीका सञ्चार व्यवस्थापन तथा अनुसन्धान संयोजक
२१. ललिता सिलवाल – उपसचिव, दक्षिण एसिया महाशाखा
२२. विजय राज तण्डुकार – उपसचिव, दक्षिण एसिया महाशाखा
२३. लोचन पौडेल – परराष्ट्रमन्त्रीका प्रमुख निजी सचिव
२४. दीपकराज निरौला – प्रोटोकल अधिकृत
२५. मनोज गैरे – शाखा अधिकृत, दक्षिण एसिया महाशाखा
२६. लेफ्टिनेन्ट कर्णेल बालमुकुन्द बिष्ट – प्रधानमन्त्रीका प्रमुख सैनिक सहायक
२७. मेजर सुशील बानियाँ – प्रधानमन्त्रीका सुरक्षा अधिकारी
२८. डीएसपी दिपेश बस्याल – प्रधानमन्त्रीका सुरक्षा अधिकारी
२९. विनय शाक्य – प्रधानमन्त्रीका निजी उपसचिव (मिडिया)
३०. तारा हमाल ढुंगाना – संवाददाता, गोरखापत्र
३१. कमलकुमार बस्नेत – संवाददाता, राष्ट्रिय समाचार समिति
३२. अशोककुमार बस्नेत – भिडियोग्राफर, नेपाल टेलिभिजन
३३. प्रेमराज गौतम – उपप्रमुख शिष्टाचार महापाल
३४. मेजर रोशन केसी – प्रधानमन्त्रीका सैनिक सहायक
३५. मुकेश डंगोल – क्यानका महानिर्देशक
निजी क्षेत्रको ५२ सदस्यीय टोली
१. अञ्जन श्रेष्ठ – अध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ
२. भवानी राणा – पूर्वअध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ
३. कृष्णप्रसाद शर्मा – उपाध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ
४. डा. गोपालप्रसाद तिवारी – महानिर्देशक, नेपाल उद्योग वाणिज्य महासंघ
५. सुनिता नेमाफुकी – कार्यसमिति सदस्य, नेपाल उद्योग वाणिज्य महासंघ
६. बटु लामिछाने – कार्यसमिति सदस्य, नेपाल उद्योग वाणिज्य महासंघ
७. उज्ज्वल श्रेष्ठ – कार्यसमिति सदस्य, नेपाल उद्योग वाणिज्य महासंघ
८. सागर ढकाल – कार्यसमिति सदस्य, नेपाल उद्योग वाणिज्य महासंघ
९. नीरज काफ्ले – कार्यसमिति सदस्य, नेपाल उद्योग वाणिज्य महासंघ
१०. शिवकुमार अग्रवाल – कार्यसमिति सदस्य, नेपाल उद्योग वाणिज्य महासंघ
११. वीरेन्द्रराज पाण्डे – अध्यक्ष, नेपाल उद्योग परिसंघ
१२. राजेशकुमार अग्रवाल – पूर्वअध्यक्ष, नेपाल उद्योग परिसंघ
१३. निर्वाणकुमार चौधरी – वरिष्ठ उपाध्यक्ष, नेपाल उद्योग परिसंघ
१४. राजबहादुर शाह – नेपाल उद्योग परिसंघ
१५. कमलेशकुमार अग्रवाल – अध्यक्ष, नेपाल चेम्बर अफ कमर्स
१६. दीपककुमार मल्होत्रा – वरिष्ठ उपाध्यक्ष, नेपाल चेम्बर अफ कमर्स
१७. मोहनकुमार डाँगी – अध्यक्ष, स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)
१८. गणेश कार्की – निवर्तमान अध्यक्ष, इप्पान
१९. पुष्कर पौडेल – इप्पान
२०. निकोलस पाण्डे – अध्यक्ष, नेपाल निर्माण व्यवसायी महासंघ
२१. गोविन्दप्रसाद घिमिरे – अध्यक्ष, निर्यात व्यवसायी महासंघ नेपाल
२२. बलराम गुरुङ – अध्यक्ष, नेपाल गलैँचा उत्पादक तथा निकासीकर्ता संघ
२३. रवीन्द्र शाक्य – अध्यक्ष, नेपाल हस्तकला महासंघ
२४. सरोज श्रेष्ठ – उपाध्यक्ष, नेपाल कफी व्यवसायी महासंघ
२५. विष्णुकुमार अग्रवाल – उद्योगी व्यवसायी
२६. दिलीप अग्रवाल – उद्योगी व्यवसायी
२७. यमुना श्रेष्ठ – साइमेक्स इंक
२८. सचिन ढकाल – आईएमई ग्रुप
२९. कल्याण गुरुङ – भाटभटेनी ग्रुप
३०. जीवानाथ लामिछाने – उद्योगी व्यवसायी
३१. सञ्जय शाक्य – उद्योगी व्यवसायी
३२. दीपक थापा – उद्योगी व्यवसायी
३३. नितेश मालपानी – उद्योगी व्यवसायी
३४. टुकप्रसाद पौडेल – उद्योगी व्यवसायी
३५. दिरेकलाल श्रेष्ठ – उद्योगी व्यवसायी
३६. अनुप आचार्य – उद्योगी व्यवसायी
३७. नरेश दास – उद्योगी व्यवसायी
३८. राजनकुमार बन – उद्योगी व्यवसायी
३९. विनायक शाह – अध्यक्ष, होटल एसोसिएसन नेपाल
४०. सागर पाण्डे – अध्यक्ष, ट्रेकिङ एजेन्सिज एसोसिएसन नेपाल
४१. भरतजंग पाण्डे – अध्यक्ष, नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स
४२. सुरेन्द्रकुमार उप्रेती – अध्यक्ष, नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल
४३. विभूषण विष्ट – उपाध्यक्ष, नास–आइटी
४४. अर्जुनकुमार श्रेष्ठ – नेपाल औषधि उत्पादक संघ
४५. पशुपति देव पाण्डे – अध्यक्ष, गार्मेन्ट एसोसिएसन नेपाल
४६. शोभा गुरुङ – अध्यक्ष, नेपाल घरेलु तथा साना उद्योग महासंघ
४७. दर्शना श्रेष्ठ – अध्यक्ष, महिला उद्यमी महासंघ नेपाल
४८. दिकिला शेर्पा लामा – सचिव, महिला उद्यमी महासंघ नेपाल
४९. कुनाल कयाल – अध्यक्ष, नेपाल–भारत उद्योग वाणिज्य संघ (निक्की)
५०. सुनिल केसी – निवर्तमान अध्यक्ष, निक्की
५१. करण चौधरी – उपाध्यक्ष, निक्की
५२. खिमनारायण पराजुली – अध्यक्ष, नेपाल उद्योग व्यापार महासंघ


















