Logo
Logo

प्रधानमन्त्री बालेन र भारतीय राष्ट्रपति मुर्मूबीच शिष्टाचार भेट


0
Shares

काठमाडौं । भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री बालेन शाहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेट गरेका छन्। भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा आइतबार भारत पुगेका प्रधानमन्त्री शाहले आज राष्ट्रपति भवन पुगेर राष्ट्रपति मुर्मूसँग भेट गरेका हुन्।

सो भेटमा अर्थमन्त्री स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार ब्यञ्जनकार, राजनीतिक सल्लाहकार असिम शाह, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई, भारतका लागि नेपाली राजदूत डा निश्चलनाथ पाण्डे र प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव सुभाष शर्मा सहभागी थिए।

भेटमा भारतीय पक्षबाट विदेश सचिव विक्रम मिस्री, नेपालका लागि भारतीय राजदूत सुधाकर दलेलासहित सरकारी अधिकारीको उपस्थिति रहेको थियो । दुई दिने भ्रमण सकेर प्रधानमन्त्री बालेन आजै काठमाडौं फर्किँदैछन् ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000