Logo
Logo

चिसापानी-राजकाँडा केबलकार एक महिनाभित्रै सञ्चालनमा आउने  


0
Shares

कैलाली । कैलालीको चिसापानीदेखि राजकाँडासम्म निर्माण भइरहेको जालपादेवी केबलकार एक महिनाभित्र व्यावसायिक सञ्चालनमा ल्याउने तयारी गरिएको छ । आयोजनाका अनुसार केबलकारका माथिल्लो र तल्लो स्टेसनका धेरै संरचना तयार भइसकेका छन् ।

कर्णाली पुल र चिसापानी घुम्न आन्तरिक तथा सीमापारिबाट भारतीय पर्यटक आउने गरेका छन् । केबलकार निर्माणसँगै चिसापानी र राजकाँडामा पर्यटकको चहलपहल बढेको छ । केबलकार सञ्चालनमा आएपछि पर्यटकको बसाइ लम्ब्याउने लक्ष्यसहित दुवै क्षेत्रमा थप पूर्वाधार विकास भइरहेको छ।

आयोजनाको गुरुयोजनामा होटल, रिसोर्ट, क्यासिनो, रेस्टुरेन्ट, बाल उद्यान, पदमार्ग र जालपादेवी मन्दिर समेटिएका छन् । यी संरचना चरणबद्ध रूपमा तयार गर्दै पर्यटकलाई कम्तीमा एक दिन चिसापानी–राजकाँडा क्षेत्रमा बस्ने वातावरण बनाउने आयोजनाको लक्ष्य छ ।

पर्यटकको बसाइ लम्बिँदा स्थानीय यातायात र साना व्यवसायको कारोबार बढ्ने तथा किसानका कृषि उपजले स्थानीय बजार पाउने अपेक्षा गरिएको छ । होटल, रेस्टुरेन्ट र अन्य पर्यटकीय सेवा विस्तार हुँदा स्थानीय युवाका लागि रोजगारीका अवसर पनि सिर्जना हुने आयोजनाको विश्वास छ । सातै प्रदेशमा मौलिक पर्यटन पूर्वाधार निर्माण गर्ने अभियानअन्तर्गत सुदूरपश्चिममा यो आयोजना अघि बढाइएको हो ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000