Logo
Logo

नेपालसहित पाँच देशमा भूकम्पको धक्का, ताप्लेजुङको लेलेप केन्द्रबिन्दु


0
Shares

काठमाडौँ । नेपालसहित पाँच देशमा भूकम्पको धक्का महसुस भएको छ ।

गुगलमा देखिएको प्रारम्भिक विवरणअनुसार मंगलबार बिहान ७ बजेर १७ मिनेटमा ५.४ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको केन्द्रबिन्दु कोशी प्रदेशको लेलेपबाट ९ किलोमिटर टाढा रहेको उल्लेख गरिएको छ ।

भूकम्पको प्रभाव नेपालसहित भारत, बंगलादेश, भुटान र चीनमा परेको प्रारम्भिक विवरणमा जनाइएको छ ।

तर युरोपेली–भूमध्यसागरीय भूकम्प मापन केन्द्र (ईएमएससी) ले भने भूकम्पको तीव्रता ५.३ म्याग्निच्युड रहेको जनाएको छ ।

भूकम्प १० किलोमिटर गहिराइमा गएको रोयटर्सले उल्लेख गरेको छ । भूकम्पबाट भएको क्षति तथा मानवीय हताहतीबारे विवरण सार्वजनिक भएको छैन ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000