Logo
Logo

वालेनको भारत भ्रमणमा कुनै ठोस प्रगति भएन : बाबुराम भट्टराई


0
Shares

काठमाडौं । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणमा असमान सन्धि, सीमा विवाद र नेपालको आर्थिक परनिर्भरताजस्ता विषयमा कुनै ठोस प्रगति नभएको बताएका छन् ।

The current image has no alternative text. The file name is: baburam-1.jpg

वालेनको भारत भ्रमणबारे उनले सामाजिक सञ्जालमा लेखेका छन्, “प्रधानमन्त्री वालेन्द्र शाहको पहिलो भारत भ्रमणमा इतिहासदेखि थाती रहेका असमान सन्धि, सीमा विवाद, आर्थिक परनिर्भरता लगायतका विषयमा कुनै ठोस प्रगति नभए पनि तत्कालीन विषयहरूबारेको सहमति सन्तोषजनक रहेको मान्नुपर्छ । २४ बुँदे संयुक्त विज्ञप्ति, ८ वटा समझदारी पत्र, द्विपक्षीय भिजन डकुमेन्ट, ६९६ वटा परियोजनाको उद्घाटन९घोषणा तथा आर्थिक प्याकेज आदिलाई हेर्दा कतिपय श्रृंगारिक कुराहरू देखिए पनि द्विपक्षीय सम्बन्धमा केही समयदेखिको अन्योल र आशङ्का हटेर नयाँ सकारात्मक सुरुवात हुन खोजेको संकेत मिल्छ ।”

भट्टराईले दुवै देशका प्रधानमन्त्रीको बडी ल्याङ्ग्वेज र एकअर्काप्रतिको शब्द चयनले पनि बढ्दो कूटनीतिक न्यानोपनको आभास दिएको बताए । तर, उनले अहिले गरिएका सहमति र प्रतिबद्धता कार्यान्वयनको जटिलता रहेको बताए । समग्रमा उनले , विषम परिस्थितिमा बनेको नयाँ सरकार र युवा प्रधानमन्त्रीलाई संवेदनशील परराष्ट्र सम्बन्धको मामलामा यति उपलब्धि हासिल गरेकामा बधाई दिएका छन् । 

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000