Logo
Logo

सङ्घीय संसद्का चार समितिको बैठक बस्दै


0
Shares

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतका चार संसदीय समितिको बैठक आज बस्दैछ । आज सार्वजनिक लेखा समितिको सोह्रौँ बैठक बिहान ९:३० बजे बस्नेछ । बैठकमा सुनकोशी-मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाबारे छलफल हुनेछ । त्यस्तै, नेपाल विद्युत् प्राधिकरणको डिजिटल सञ्चार सञ्जाल र स्काडा प्रणाली विस्तारसम्बन्धी समितिमा प्राप्त उजुरीमाथि पनि छलफल गर्ने कार्यसूची छ ।

The current image has no alternative text. The file name is: sanghiya-samsad.jpg

त्यस्तै आज महिला तथा सामाजिक मामिला समितिको तेइसौँ बैठक बिहान ९ बजे बस्नेछ । बैठकमा मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८३ माथि दफावार छलफल हुनेछ । छलफलमा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्रीलाई आमन्त्रण गरिएको छ ।

त्यसैगरी, अर्थ समितिको ३४औँ बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक, २०८३ माथि दफावार छलफल गर्ने कार्यसूची रहेको छ ।

त्यस्तै, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक पनि बिहान ११ बजे बस्नेछ । बैठकमा चलचित्र विधेयक, २०८१ माथि संशोधन प्रस्ताव राख्ने सांसदहरूसँग छलफल गरिनेछ । बैठकमा सूचना तथा सञ्चार मन्त्रालयका मन्त्री र सचिव, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव तथा चलचित्र विकास बोर्डका अध्यक्षलाई आमन्त्रण गरिएको छ ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000