
काठमाडौं । निर्वाचन आयोगले नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट आएको गगन थापा नेतृत्वको कार्यसमिति अध्यावधिक गरेको छ ।
असोज १८ देखि २३ गतेसम्म काठमाडौँमा सम्पन्न १५औँ महाधिवेशनबाट चयन भएको समिति अध्यावधिक गरिएको आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले जानकारी दिए ।
उक्त महाधिवेशनबाट गगन थापाको नेतृत्वमा २० पदाधिकारीसहित २३१ सदस्य निर्वाचित भएका थिए । अध्यावधिक गर्नका लागि महामन्त्री प्रदीप पौडेलले कात्तिक १६ गते निवेदन दिएका थिए । उक्त निवेदनअनुसार आयोगले नयाँ कार्यसमिति अद्यावधिक गरेको हो ।


















