
काठमाडौं । विचौलिया ईनम सापकोटासहित ३ जनालाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।
बिहीबार काठमाडौं जिल्ला अदालतले ईनम सहित महेश श्रेष्ठ र सुशील भट्टलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।
ईनमसँग कनेक्सन देखिएपछि महेश श्रेष्ठ र सुशील भट्ट पक्राउ परेका थिए । श्रेष्ठ कीर्तिपुरमा सञ्चालित पुष्पसदन बोर्डिङ सेकेन्डरी स्कुलका प्रिन्सिपल हुन् ।
भट्ट लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीइओ) हुन् । ईनम विरुद्ध प्रहरीले राष्ट्र बैङ्क ऐन २०५८ अन्तर्गतको कसुर र सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण ऐन २०६४ अन्तर्गतको कसुरमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।
पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग ‘कनेक्सन’ देखिएपछि सबैभन्दा पहिले ईनम पक्राउ परेका थिए । त्यसपछि उनीसँग कनेक्सन देखिएपछि श्रेष्ठ र भट्ट पक्राउ परे ।


















