
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सहमहामन्त्री तथा प्रतिनिधिसभा सांसद निशा डाँगी र पार्टीका संस्थापक महामन्त्री डा. मुकुल ढकाल विवाह बन्धनमा बाँधिएका छन् ।
लामो समयदेखि प्रेम सम्बन्धमा रहेका उनीहरूले पारिवारिक तथा आफन्तको उपस्थितिमा बिहीबार विवाह गरेका हुन् । मुकुल निशालाई लिन विराटनगरबाट जन्ती लिएर झापा पुगेका थिए ।


















