Logo
Logo

सबैलाई एकताबद्ध हुन काँग्रेस उपसभापति भण्डारीको अपिल


0
Shares

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति चन्द्र भण्डारीले पार्टीभित्रका सबै नेता तथा कार्यकर्तालाई एकताबद्ध भएर पार्टीलाई थप बलियो बनाउन अपिल गरेका छन् ।

The current image has no alternative text. The file name is: chandra-bhandari.jpg

निर्वाचन आयोगबाट नेपाली कांग्रेस पार्टी अद्यावधिक भइसकेको उल्लेख गर्दै भण्डारीले कांग्रेस कुनै एक व्यक्ति वा पुस्ताको मात्र नभई पाँच पुस्ताको त्याग, तपस्या, पसिना र योगदानबाट निर्माण भएको साझा घर भएको बताएका छन् ।

उनले विगतका मतभिन्नता र असमझदारीलाई संवादमार्फत समाधान गर्दै पार्टीलाई एकताबद्ध, सुदृढ र समयानुकूल बनाउनु सबैको साझा दायित्व भएको बताएका छन् ।

‘हामीले बनाएको प्रजातान्त्रिक घरभित्र जनताको चाहनामा जो कोही प्रधानमन्त्री हुन सक्छ भने कार्यकर्ताको चाहनामा पार्टी सभापति पनि जो कोही हुन सक्छ। विमति किन ?’ भण्डारीले प्रश्न गरेका छन् ।

इतिहासको विरासत जोगाउँदै वर्तमानको जिम्मेवारी पूरा गर्न र भविष्यका पुस्ताका लागि सक्षम पार्टी निर्माण गर्न उनले आग्रह गरेका छन् ।

‘व्यक्ति होइन, विचार ठूलोस गुट होइन, पार्टी ठूलोस स्वार्थ होइन, लोकतन्त्र र राष्ट्रहित ठूलो’ भन्दै भण्डारीले सबैलाई साझा सङ्कल्पसहित पार्टीमा सहभागी हुन अपिल गरेका छन् । 

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000