Logo
Logo

सर्लाहीमा मोटरसाइकल नहरमा खस्दा एक युवकको मृत्यु, एक घाइते


0
Shares

काठमाडौं । सर्लाहीमा मोटरसाइकल अनियन्त्रित भई पुलबाट नहरमा खस्दा एक युवकको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।

बुधबार साँझ करिब ७ः४५ बजे बरहथवा नगरपालिका–१७ कटानीस्थित पुलबाट मोटरसाइकल नहरमा खसेर दुर्घटना भएको हो ।

मलंगवाबाट सितापुरतर्फ जाँदै गरेको प्रदेश २–०३–००७ प ८५८० नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई नहरमा खसेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मोटरसाइकल चालक बरहथवा नगरपालिका–१ नयाँ बजार निवासी २३ वर्षीय रुपेश पासवान गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि बरहथवास्थित भेनस अस्पताल पुर्‍याइएकोमा चिकित्सकले राति ७ः५५ बजे मृत घोषणा गरेका थिए ।

मोटरसाइकलको पछाडि सवार सोही स्थानका २२ वर्षीय सुवेश पासवानको चिउँडोमा चोट लागेको छ । उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेको मोटरसाइकल इलाका प्रहरी कार्यालय मुर्तियाको नियन्त्रणमा रहेको छ । घटनाबारे थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाउन इलाका प्रहरी कार्यालय बरहथवाबाट प्रहरी निरीक्षक सुष्मा कठेतको कमान्डमा प्रहरी टोली खटिएको प्रहरीले जनाएको छ ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000