Logo
Logo

मोहनबहादुर बस्नेतले गरे देउवा समूहको महामन्त्रीमा उम्मेदवारी घोषणा


0
Shares

काठमाडौं । पूर्वमन्त्री मोहनबहादुर बस्नेतले काँग्रेस शेरबहादुर देउवा समूहको महाधिवेशनमा पार्टीको महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका छन् ।

The current image has no alternative text. The file name is: mohan.jpg

महाधिवेशनलाई लक्षित गर्दै बस्नेतले वरिष्ठ पत्रकारहरूसँगको भेटघाटका क्रममा महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका हुन् । पार्टीको आगामी महाधिवेशनमा नेतृत्वका लागि प्रतिस्पर्धा गर्ने तयारी स्वरूप उनले आफ्नो उम्मेदवारी सार्वजनिक गरेका हुन् ।

देउवा समूहले यही मङ्सिर २१, २२ र २३ गते हुने पार्टीको महाधिवेशन गर्दै छ । महाधिवेशनको दिन नजिक आउँदै जाँदा नेताहरूले आफ्नो उम्मेदवारी घोषणा गरिरहेका छन् । देउवा समूहको सभापतिमा भने शशाङ्क कोइराला र विमलेन्द्र निधिले इच्छा व्यक्त गरेका छन् ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000